अमिता बच्चन कोरोना मुक्त

अमिता बच्चन कोरोना मुक्त

काठमाडौं – भारतका चर्चित अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको उपचारपछि डिस्जार्च भएका छन् । आइतबार बिहान गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्जार्च भएका हुन् ।
नानावती अस्पतालमा उपचार गराइरहेका बच्चनले आफू आइतबार डिस्चार्ज भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन् । कोरोना संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।
उनले अस्पतालको उत्कृष्ट हेरचाहले नै आफूलाई यो दिन देख्न सम्भव भएको पनि बताएका छन् । अस्पतालको बसाईमा स्वास्थ्य लाभको काम गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।

अभिताभका छोरा अभिषेक,बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोभिड-१९ पोजिटिभ देखिएको थियो । ऐश्वर्या र आराध्या निको भएर यसअघि नै घर फर्किसकेका छन् भने अभिषेक अस्पतालमै छन् ।

सम्बन्धित खवर