सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

 

सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ।

३ जना बेपत्ता छन्। मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव निकालिएको छ।

कभर्डहल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए।

एकजनाको जिवितै उद्दार गरिएको र पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

बेपत्ता भएकाहरुको प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन्। यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

सम्बन्धित खवर