सिरहामा समुदायमा कोरोना फैलँदै, स्वास्थ्यकर्मी सहित थप ५ जनामा संक्रमण पुष्टि

सिरहामा समुदायमा कोरोना फैलँदै, स्वास्थ्यकर्मी सहित थप ५ जनामा संक्रमण पुष्टि

राजेन्द्र महतो, लहान

सिरहामामा समुदायमा कोरोना फैलदै गएको छ । आज मात्रै स्वास्थ्यकर्मी सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टी भएका ५ जना नयाँ संक्रमित मध्ये २ जना समुदायमा रहेका व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको हो । सिरहा नगरपालिका क्वारेन्टाइनमा रहेका २ जना महिला, कल्याणपुर नगरपालिका क्वारेन्टाइनमा रहेकी १ जना महिला र १ जना पुरुष गरी २ जना, लहान नगरपालिका वडा नं. ८ को १ जना गरी ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् । वडा नं. ८ की संक्रमित स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

नयाँ संक्रमितमध्ये सिरहा नगरपालिका १६ माडरका एक व्यक्ति र लहान नगरपालिका ८ का १ गरी दुई जनामा कोरोना पुष्टि भएसँगै समुदाय स्तरमा कारोना फैलिएको यादवले जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखेर कन्ट्याक्ट ट्रेसिङ गरिने यादवले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कंडेलले आवश्यकता अनुसार लकडाउन गर्ने, समुदायमा कति फैलिएको त्यसका निम्ति पिसिआर जाँच बढाउने गरी आईतवार आकस्मिक बैठक बस्न लागेको बताएका छन् । प्रजिअ कंडेलले सिमा क्षेत्रको आगमनलाई थप कठाई गर्ने, क्वारेनटाइन र आईसोलेसन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् ।

सम्बन्धित खवर