कोरोना संक्रमित महिलाले छोरी जन्माइन्

कोरोना संक्रमित महिलाले छोरी जन्माइन्

वीरगञ्ज, वीरगञ्जमा एक कोरोना सङ्क्रमित महिलाले बच्चालाई जन्म दिएकी छन् । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत कोरोना सङ्क्रमित गर्भवतीले छोरीलाई जन्म दिएकी हुन् ।

अस्पतालका इन्चार्ज डा. नीरजकुमार सिंहले कोरोना सङ्क्रमित वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैयानिवासी ३१ वर्षीय महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा छोरी जन्माएकी बताए । आमा र छोरी दुवैको स्वास्थ्य सामान्य रहेको डा. सिंहले जानकारी दिए।

‘आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ,’ डा. सिंहले भने, ‘सङ्क्रमित महिलाले ३ केजी तौल भएकी छोरीलाई जन्म दिएकी छन् ।’ कोरोना पोजेटिभ देखिएपछि महिलालाई बिहिबार नै गण्डक अस्पतालमा भर्ना गरिएको थियो । नेसनल मेडिकल कलेजमा उपचार गराउन पुगेकी उक्त महिलामा कोरोना सङ्क्रमण भेटिएपछि उनलाई गण्डक लगिएको थियो ।‘ कोरोनाको शंका लागेर बिहीबार मेडिकल कलेजले कोरोना अस्पताल पठायो,’ उनले भने, ‘बिहीबार राति नै ग’र्भवती महिलाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो ।’

सम्बन्धित खवर