वीरगञ्ज महानगरका मेयरलाई कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज महानगरका मेयरलाई कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरप्रमुख विजय कुमार सरावागीले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् ।

नगर प्रमुख सरावागिले कोरोना महामारीको समय जनताको सेवामा लाग्दा आफै कोरोना सङ्क्रमणको चपेटमा परेको जनाएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

‘वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ, मेयर सरावगीले फेसबुकमा लेखेका छन्, “तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।’ सरावागीले पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगञ्ज आक्रान्त बनेको बताएका छन् ।

उनले वीरगञ्जलाई वचाउन अग्रमोर्चामा रहने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिंदै अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नभएकाले नगरवासीहरुको जीवन रक्षाका लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह समेत गरेका छन् ।

सम्बन्धित खवर