सिरहामा एक जनाको लास फेला

सिरहामा एक जनाको लास फेला

राजेन्द्र महतो, लहान

सिरहाको सिरहा नगरपालिका १० पदमपुर नरहैया सडकमा कलर्भट मुनी मृत अवस्थामा एक जनाको शव फेला परेको छ ।
सिरहा नगरपालिका १० का ५० वर्षीय झगरु मुखिया मृत अवस्थामा फेला परेका हुन् ।

रातिदेखि नै बेपत्ता मुखिया आज पदमपुर नरहैया सडकमा नवनिर्मित सडकको कलर्भट मुनी मृत फेला परेका हुन् । मुखियालाई कसैले हत्या गरेर फालेको हुनसक्ने स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर