बिहीबारदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’

बिहीबारदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’

काठमाण्डौं – कोरोना भाइरस‘कोभिड–१९’ को त्रास र पीडासँग जुधिरहेका विश्वभरका नेपालीभाषीलाई आशा र उत्साह जगाउँदै मनोरञ्जन दिने उद्देश्यले बिहीबारदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’ हुने भएको छ।

साँस्कृतिक महत्व बोकेको हौसलाको पर्व गाईजात्राको अवसर पारेर ब्राण्डवर्थ प्रा.लि.ले आयोजना गर्न लागेको यो कार्यक्रम साउन १५ देखि २२ गतेसम्म दैनिक साँझ ८ बजे एपिवान टेलिभिजनमार्फत् प्रसारण हुने आयोजक सँस्थाले जनाएको छ । साथै उक्त कार्यक्रम युट्युब च्यानल–गजुरेलमार्फत् समेत प्रसारण गरिने बताइएको छ ।

कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्डभित्र रहेर डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न लागिएको आयोजक ब्राण्डवर्थ प्रालिले जानकारी दिएको छ ।

कार्यक्रममा कलाकारहरू यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, धिरेन्द्र प्रेमर्षी, राजा राजेन्द्रको प्रस्तुती रहनेछ। त्यसैगरी, यो वर्षको गाईजात्रा विशेष कार्यक्रममा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की लगायतका प्रस्तुती पनि हेर्न सकिनेछ।

साथमा सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पूर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, न्देश लामिछाने ‘बट्टारे’, रूबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, कवयत्री रत्नावली शर्माले पनि प्रस्तुती दिने जानकारी आयोजकले गराएको छ ।

सम्बन्धित खवर