सिरहा प्रहरीद्वारा कोरोना भाईरसबारे सचेत गराउदै माक्स वितरण

सिरहा प्रहरीद्वारा कोरोना भाईरसबारे सचेत गराउदै माक्स वितरण

राजेन्द्र महतो, लहान

सिरहाको विभिन्न ठाउँ तथा चौक चौकमा प्रहरीले सर्वसाधारणलाई विश्व व्यापी रुपमा फेलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण बारे जानकारी गराउदै माक्स वितरण गरिको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत समेतको प्रहरी युनिटहरुको सहकार्यमा कोरोना भाईरसबाट बच्ने उपायहरुबारे सर्वसाधारणलाई जानकारी गराउदै सचेतना फैलाएका छन् । सचेतना कार्यक्रमसंगै ७५० जनालाई माक्स वितरण गरेको हो ।

जिल्लाका प्रहरी युनिटहरुले विभिन्न स्थानहरुमा गइ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारणलाई आफू पनि बचौँ, अरुलाइ पनि बचाऔँ भिडभाड नगरौ, काम विशेषले बाहिर जानुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ, हात साबुन पानीले बेला बेलामा राम्ररी धुने गरौँ वा सेन्टाइजर प्रयोग गरौँ, समाजिक दुरी कायम गरौँ भन्ने जस्ता सचेतना मुलक माइकिङ गर्दै सचेतना फैलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सूचना अधिकारी बिनोद घिमिरेले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन पनि हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत रहेको प्रहरी कार्यालयहरु द्धारा चौकचौकमा सर्वसाधारणलाई सचेत गराईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खवर