अनेरास्ववियूद्वारा एसिड आक्रमणमा परेकी युवतीलाई १० हजार सहयोग

अनेरास्ववियूद्वारा एसिड आक्रमणमा परेकी युवतीलाई १० हजार सहयोग

 

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले हालै एसिड प्रहार गरिएकी ओखलढुङ्गाकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई भेटेर आएको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर अपराधीलाई हदैसम्मको कार्वाहीको माग गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताउनुभयो । तामाङले एसिड प्रहार गर्ने अपराधीलाई ऐन संशोधन गरेर हदैसम्मको कार्वाही गर्नुपर्ने बताउनुभयो ।

सोमबार पीडित युवतीलाई भेट्न तामाङ सहित अनेरास्ववियूका नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।

पीडितलाई रु १० हजार नगद राहत समेत उपलब्ध गराइएको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले बताउनुभयो ।

सम्बन्धित खवर