कामनासेवा बैंकको नयाँ योजना, अब दृष्टि विहिनले पनि खाता खोल्ने र एटिएम प्रयोग गर्न सक्ने

कामनासेवा बैंकको नयाँ योजना, अब दृष्टि विहिनले पनि खाता खोल्ने र एटिएम प्रयोग गर्न सक्ने

पथरी, कामनासेवा विकास बैंकले नयाँ योजना अगाडी सारेको छ । देशभरमा हाल सम्म कुनैपनि बैंकमा यस्तो सुविधा नरहेको बैंकले जनाएको छ ।

दृष्टि विहिहनहरुले पनि आफ्नो केवाइसी फाराम आफै भरेर बैंक खाता खोल्न सक्ने गरीको नयाँ व्यवस्था भएको पथरी शाखाका प्रमुख विरेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो । यही साउन ६ गतेबाट देशैभरका शाखाहरुमा यो सुविधा सुरु गरिएको भण्डारीले जानकारी दिनुभयो । यही सेवा सुचारु गर्नका लागि पथरी शाखाले पनि आफ्नो तयारी गरेको छ ।

स्वाभिमान बचत खाताको सुविधा भनेर ल्याएको यो योजनामा बचतमा ५ प्रतिशत व्याजको व्यवस्था रहेको छ । ब्रेल लिपीका माध्यमबाट यो फाराम भर्न सक्ने व्यवस्था गरिएको छ । दृष्टि विहिनहरुले पनि सामान्य सेवाग्राही सरह सुविधाको उपभोग गर्न सकुन भनेर स्वाभिमान बचत खाताको सेवा सुरु गरेको बैंकले जनाएको छ । एक वर्षका लागि एटिएम सेवा, मोबाइल बैंकिङ र लकर सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ । दृष्टि विहिनहरुका विभिन्न संघसंस्थाहरुसंगको सहकार्यमा देशैभर यो सेवा सुचारु रहेको भण्डारीले जानकारी दिनुभयो । उनिहरुले एटिएममा आवाजको माध्ययमबाट कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर