सिरहामा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

सिरहामा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

राजेन्द्र महतो, लहान

सिराहाको गोलबजार नपाबाट आफ्नै घरमा राखेर लागूऔषध बिक्री वितरण गर्दै आएका स्थानीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका १ का ३३ बर्षीय अरुण कुमार पुर्वे रहेका छन् ।

उनलाई आफ्नै घरमा बिक्री वितरणको लागि लागूऔषध लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साहले आफ्नै घरमा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने प्लाष्टिकको पोकामा धुलो पदार्थ तौल गर्दा १ ग्राम ३०० मिलिग्राम र लागु औषध गाजाँ प्लाष्टिकको पोकामा ५५ ग्राम १४० मिलिग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी (प्रवक्ता) बिनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका पुर्वेलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित खवर