सयौं विगाह खेतियोग्य जमिन कटान

सयौं विगाह खेतियोग्य जमिन कटान

सिन्धुली – दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकामा सयौं विगाह खेतियोग्य जमिन कटान गरेको छ । मंगलबार बिहानैदेखि मरिणखोलामा आएको बाढीका कारण मरिण गाउँपालिका ५ स्थित बढिमुहानमा मात्र पचासौं विगाह धान खेत बाढीले कटान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनका अनुसार उक्त क्षेत्रमा रहेको मरिण पुलबाट पानी बस्तीतर्फ प्रवेश गरेको छ । “मरिण नदीमा पानीको बाहव अत्याधिक भएकाले त्यस क्षेत्रमा खेतियोग्य जमिन कटानसँगै बडीमुहान बजार नै जो खिममा परेको छ,” उहाँले भन्नु भयो ।

बढीमुहान बजारमा मात्र एक सय पचासबढी घर तथा पसल छन् । तीमध्ये उच्च जोखिममा रहेका एक दर्जन बढी घरका मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको बम्जनले बताउनु भयो ।

उता मरिण गाउँपालिका ७ को थामि बस्ती पहिरोको उच्च जोखिममा परेको छ । त्यहाँका आधा दर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडा अध्यक्ष राजन थापाले बताउनु भयो ।

यस्तै रोसी खोलामा आएको बाढीले सुनकोसी गाउँपालिका १ को दम्जा, नेपाल थोक क्षेत्रमा एक सय विगाह बढी धान खेत कटान गरेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले बताउनु भयो ।

उहाँले रोसीमा अत्याधिक ठूलो बाढी आएका कारण अन्य सयौं विगाह जमिन कटान र डुवान हुने खतरा बढेको जानकारी दिनु भयो

सम्बन्धित खवर