नवराज अधिकारी र सरला अधिकारीको समसामायिक एबम मर्मस्पर्शी तिज गित “दशा ” सार्बजनिक

नवराज अधिकारी र सरला अधिकारीको समसामायिक एबम मर्मस्पर्शी तिज गित “दशा ” सार्बजनिक

पोखरा : नेपालीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा तिज गितहरु आइरहेका छन्।

कोरोना र लकडाउनकै बिचमा पनि धेरै गीतहरु बजारमा आइरहेका बेला पहिलेका जस्ता मौलिक ,मर्मस्पर्शी गित हरु भने कम नै आएका छन्। लोकप्रियता कमाउनकै लागि भएनी मौलिकपन छोडेर लोक सस्कृतिलाइ बिकृतितर्फ धकल्ने प्रयासहरु पनि भैरहेका छन्।

यसै बिचमा गायक नवराज अधिकारी र गायिका सरला अधिकारीको समसामायिक एबम मर्मस्पर्शी तिज गित “दशा ” सार्बजनिक गरिएको छ।

नवराज अधिकारीको लय तथा शब्द रहेको उक्त गीतको एरेन्ज तारानाथ आचार्यले गरेका हुन्। गीतको भिडियोमा बज्र अधिकारी ,किरण शर्मा ,प्रेम राज अधिकारी ,पार्वती धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ। गणेश सापकोटाको छायांकन र सुबास अमगाईले सम्पादन गरेको भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन् ।

साहुको ऋण तिर्नलाइ घर परिवारलाइ छोडेर परदेश जानु परेको ,बिदेशमा काम गर्ने क्रममा कोरोना लागेको जस्ता समसामायिक कथा बोकेको एस गीतको भिडियो कारुणिक र मर्मस्पर्शी बनेको छ।

सम्बन्धित खवर