सिरहामा युवाहरू स्थानीय किसानहरुको खेत रोपाइ मा जुटे

सिरहामा युवाहरू स्थानीय किसानहरुको खेत रोपाइ मा जुटे

राजेन्द्र महतो

लहान : युवाहरू विभिन्न संभावना तथा चुनौती को पनि खानी भएकाले ति संभावना उजागर गर्न सिराहा को कर्जन्हा न. पा. -२ बन्दिपुरका युवाहरु अग्रसर भएका छन।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको सिरहाको कर्जन्हा नगरपालिका -२ बन्दिपुर स्थित बाबाताल युवा क्लब का करीब ८० जनाको युवा युवती हरु को समूह ले स्थानीय किसान हरु को खेत रोपाइ गरेका छ्न।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएको बन्दाबन्दी का कारण बाहिर को मजदुर तथा श्रमिकहरु लाई ल्याएपछि रोग संक्रमण हुन सक्ने सम्भावना भएका ले सो कल्बका८० जना युवा युवती हरु को समूह ले घाम र पानी लगायत आअफ्नो जिउ -ज्यानको प्रभाब नगरी स्थानीय किसान हरु को गत १८ गते देखि आज १५ दिन सम्म रोपाइ गरेका छन।

शनिबारसम्म करीब १० बिघा सम्म रोपाइ गरेका युवा युवती ले प्रती कट्ठा रु. ४०० का दरले श शुल्क लिने गरेको क्ल्ब का अध्यक्ष तारानाथ दुलालले बताएका छन।
करीब ८० हजार संकलन गरेको सो रकम कल्ब ले सामाजिक कार्य मा खर्च गरिने अध्यक्ष दुलालले बताएका छ्न।

असार महिना कृषि क्षेत्रकोलागि अतिनै महत्त्वपूर्ण महिना (धान बाली लगाउने महिना )हो तर अहिले विश्व नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा परेको छ त्यही कोरोना भाइरस को डरले गर्दा धान रोप्नकालागि बाहिर बाट श्रमिकहरु ल्याउन नसकिने हुँदा धान बाली लगाउन कठिन परिरहेको महसुस भएको अबस्थालाई मध्यनजर गर्दै हाम्रो कर्जन्हा न.पा बन्दिपुर- २ सिराहामा बाबाताल युवा क्लबले धान रोप्ने अभियान संचालन गरेको क्लब का कोषाद्य्यक्ष सागर राई ले बताएका छ्न।

कर्जन्हा २ बन्दिपुर का प्रत्यासी वडाध्यक्ष प्रकाश कोइराला
ले आफ्नो जीवन बुझ्ने युवाहरुनै देशको भविश्य हुन्।’
युवाहरु बिना समृद्धि र विकास नहुने भएकाले युवाहरुको सोच, माग, बुझाई, चुनौति र भावी लक्ष्य तथा युवाहरुले निकालेको अभियान हरु लाई सबै ले सहयोग गर्नुपर्छ बताएका छन।

सम्बन्धित खवर