सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकियो

सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकियो

 

२ गोलको अग्रता जोगाउन नसक्दा युभेन्टस ‘इटालियन सिरी ए’ फुटबलमा सस्सुलोसँग बराबरीमा रोकिएको छ । सस्सुलोको मैदानमा बुधबार राति युभेन्टस ३ ३ गोलको बराबरीमा रोकिएको हो ।

युभेन्टसका लागि डानिलो, गोन्जालो हिगुइन र एलेक्स सान्द्रोले गोल गरे भने सस्सुलोका फिलिप, डोमिनिको बेरारडी र फ्रान्सिस्को कापुटोले गोल गरे ।

बराबरी खेले पनि युभेन्टसले दोस्रो स्थानको एटलान्टालाई ७ अंकले पछि पारेको छ । युभेन्टसको ३३ खेलबाट ७७ तथा एटलान्टाको समान खेलबाट ७० अंक छ । सस्सुलो ४७ अंक जोडेर आठौँ स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा बोलोग्ना र नापोलीले १–१ तथा उडिनेसी र लाजियोले गोलरहित बराबरी खेले । यसैगरी एसी मिलानले पार्मामाथि ३–१ को जित निकाल्दा साम्पडोरियाले काग्लिएरीलाई ३–०, लिच्चेलाई फियोरेन्टिनाले १(३ र हेलास भेरोनाले रोमालाई २–१ गोलले पराजित गरे ।

सम्बन्धित खवर