कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, हुदा सशस्त्र प्रहरीको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, हुदा सशस्त्र प्रहरीको मृत्यु

 

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कृष्णपुर बनदेवी झाडीमा मोटरसाइक खस्दा प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरी नायव उपरीक्षक अमर थापाले साइकल यात्रुलाई बचाउन खोज्दा दुर्घटना भएको बताए। उनको शव महाकाली अस्पतालमा राखिएको छ।

चालक चन्द्रवहादुरलाई सामान्य चोट लागेको उनले बताए। बझाङ घर भएका बोहरा ५ वर्ष पहिले प्रहरीमा भर्ना भएका थिए।

उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। बैतडी माइत भएकी तारा बोहरा पनि सशस्त्र प्रहरीमा रहेको र दार्चुलामा कार्यरत रहेको डिएसपी थापाले बताए।

सम्बन्धित खवर