कोरोनाको उत्पत्ति बारे अध्ययन गर्न डब्लुएचओको टोली चीनमा

कोरोनाको उत्पत्ति बारे अध्ययन गर्न डब्लुएचओको टोली चीनमा

काठमाडौं : कोरोनाको उत्पति बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली चीनमा गएको छ । डब्लुएचओका प्रवक्ता मार्गरेट हेरिसले विशेषज्ञसहितको टोली चीनतर्फ गएको जानकारी गएको हो ।

टोलीमा एक जना पशु विज्ञान विशेषज्ञ र एक जना महामारी विशेषज्ञ रहेको डब्लुएचओले जानकारी गराएको छ ।

यो टोलीले चीनमा कोरोना भाइरसको उत्पतिका बारेमा अध्ययन गर्ने बताइएको छ ।

गत बर्षको डिसेम्बरदेखि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्व भर एक करोड २४ लाख भन्दा बढी संक्रमित भएका छन् भने अहिलेसम्म ५ लाख ५८ हजारभन्दा बढीको ज्यान गएको छ ।

सम्बन्धित खवर