ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतको पनि चलखेल हुन सक्छ : नेता पौडेल

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतको पनि चलखेल हुन सक्छ : नेता पौडेल

काठमाण्डौँ। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतको पनि चलखेल हुन सक्ने बताउनुभएको छ ।

रेडियो कान्तिपुरको कार्यक्रम द हेडलाईन्समा आज बिहान कुरा गर्दै उहाँले नेपालको राजनीतिमा विदेशी चलखेल हुँदै आएको बताउनुभयो । उहाँले सत्ताको स्वार्थका कारण कम्युनिष्टहरु एक भएको बताउँदै उहाँले कम्युनिष्टहरु फ्टदा काँग्रेस रमाउनु पर्ने नभएको बताउनुभयो ।

काँग्रेस आफै बलियो हुनुपर्यो, कम्युनिष्ट फुट्दैमा काँग्रेस बलियो हुँदैन उहाँले भन्नुभयो । उहाँले कम्युनिष्ट सरकारले नेपाली जनताको चाहना पुरा गर्न नसकेको बताउनुभयो । संसद्मा काँग्रेस कमजोर भएपनि जनताको माझमा पार्टीको भूमिकाा कमजोर नभएको बताउनुभयो ।

सम्बन्धित खवर