आज केही स्थानमा भारी वर्षाको सम्भावना

आज केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी तीन दिन देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद गंगा नगरकोटीका अनुसार शुत्रबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । ‘कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना छैन तर हल्कादेखि मध्यम खालको वर्षा भने हुनसक्छ,’ मौसमविद नगरकोटीले भनिन् “शुक्रबारको वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ “।

शुक्रबार कन्काई, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने र केही सहायक नदीमा सतर्कताको तहसम्म पुग्ने भएकाले सजग रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ साथै आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा पनि बहाव बढ्ने छ ।काठमाडौं उपत्यकामा अहिले बादल लागिरहेको छ । केही स्थानमा पानी पनि परिरहेको छ । काठमाडौंमा केहीबेरपछि पानी रोकिने र अपराह्नपछि मनसुनी बादल आएर फेरि पानी पर्ने मौसमविद नगरकोटीले जानकारी दिइन् ।

सम्बन्धित खवर