ट्याक्टर , अबैध मलखाध तथा अन्य साम्राग्री सहित ५ जना पक्राउ

ट्याक्टर , अबैध मलखाध तथा अन्य साम्राग्री सहित ५ जना पक्राउ

राजेन्द्र महतो
लहान : ठाडी सडक खण्ड सखुवानन्कारकट्टी गाउँ पालिका -४ स्थित भारतबाट नेपाल तर्फ ट्याक्टर मा ल्याउदै गरेको अबैध मलखाध तथा अन्य साम्राग्री सहित ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा उदयपुर को त्रि. न. पा.-११ का ३३ बर्शिय राजेश कार्की सोही ठाउँ को १७ बर्शिय पुष्प कार्की, त्रि. न. पा.-३ गाइघाटका १९ बर्शिय अनिल चौधरी , त्रि. न. पा.-१४ का २६ बर्शिय मनोज राई र खोटाङ दिछु गाउँ पालिका -३ का जीवन ज्योति राई रहेका छन।

ईलाका प्रहरी कार्यालय महेशवारी को कमाण्ड्मा खटिएको गस्ती टोलीले सखुवानन्कारकट्टी गाउँपालिका -४ खरवौना चौक स्थित चेक जाँच गर्ने क्रममा ना. ६ त.१९०५ न ट्याक्टर मा भारत बाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको ३२ बोरा युरिया मल , चिनी -२ बोरा (१०० के. जी.), चुरा -९ बोरा (१८० के. जी.) र सुर्ती-२ बोरा अन्दाजी ५२ हजार ८ सय मुल्य बराबरको मालसामान र ट्याक्टर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ट्याक्टर ,अबैध मलखाध तथा अन्य सामग्री सहित पाचै जनालाई आबश्यक कारबाहीको लागि ठाडी भन्सार कार्यालय इनर्वा, ठाडी सिरहा मा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएकाे छ।

सम्बन्धित खवर