जननेता मदन भण्डारीको ६९ औँ जन्म जयन्तीकाे अवसर पारेर पोखरामा वृक्षारोपण कार्यक्रम

जननेता मदन भण्डारीको ६९ औँ जन्म जयन्तीकाे अवसर पारेर पोखरामा वृक्षारोपण कार्यक्रम

पोखरा : तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती पोखरामा वृक्षारोपण कार्यक्रम गरि मनाएको छ ।

विश्व कम्यूनिष्ट आन्दोलनमा नया युगका प्रवर्तक जननेता मदन भन्डारीको ६९ औ जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउण्डेशन कास्कीले पोखरा महानगरपालीका १८ मा निर्माणाधिन शहिद स्मृती पार्क मा करीब ४ सय बिरुवा रोपेर मनाएको हो ।

पोखरा महानगर पालीकाका प्रमुख मान ब. जिसिले कार्यक्रम को उद्घाटन गर्दै समृद्द नेपाल निर्माणमा आमजनमानसको योगदान अपरीहार्य रहेको चर्चा गर्नु भयो। नेकपाका केन्द्रीय सदस्य समेत रहेका जिसीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै विश्व कम्युनिष्ट आन्दोलनको संजिवनी रहेको उल्लेख गर्दै धराशायी हुन लागेको विश्व कम्युनिष्ट आन्दोलनलाई नेपालका कम्युनिष्ट पार्टीले धानेको बताए।

डिभिजन बन कार्यालय कास्किका प्रमुख श्री राम काजी श्रेष्ठले सरकारले यो वर्षलाइ वृक्षारोपण वर्षको रुपामा लीएको बताउदै नाङ्गा डाडाहरुमा दिर्घकालीन योजना बनाएर रुख रोप्न आग्रह गरे । उनले यस वर्ष डिभिजन वन कार्यालयले निजी जग्गामा पनि रुख रोप्ने अभियान चलाएको हुदा सहकार्यको लागी वन कार्यालय तयार रहेको बताए ।

कार्यक्रममा फाउन्डेसन का सल्लाहकार तथा नेकपा गण्डकी प्रदेश सदस्य पुण्य पौडेल, दिलिप बिक्रम शाहि, मदन भन्डारी फाउन्डेसन कास्की का अध्यक्ष माधब बास्तोला , पोखरा महानगर पालीका वार्ड नं १८ का वडाध्यक्ष रण बहादुर थापा लगायत ले मदन भन्डारी तथा जनता को बहुदलिय जनबाद को बारेमा चर्चा गरेका थिए ।

उनिहरुले जनताको बहुदलिय जनवाद नै समाजवादको प्रारम्भ रहेको चर्चा गर्दै विश्व कम्यूनिष्ट बर्गले नेपाली कम्यूनिष्ट इतिहासको सीको गरेको मा गर्व गर्नुपर्ने धारणा राखेका थिए ।

को हुन जननेता मदन भण्डारी ?

मदन भन्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधब बास्तोला को अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन बसन्त राज गौतमले गरेका थिए ।

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

तीन वर्ष अघि तत्कालीन नेकपा माओवादी केन्द्रसंगको पार्टी एकतापछि पनि नेताहरुले भण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीमो मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले समेत पटक(पटक सार्वजनिक रुपमौ भण्डारीको सिद्धान्त समयसापेक्ष रुपमा लागू गर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको थियो ।

यसैबीच जन्मजयन्तीको अवसरमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धासुमनसहित मदनकै बाटोमा अघि बढ्ने प्रण गरेका छन् ।

साथै, मण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरु सार्वजनिक गरिएका छन् ।

सम्बन्धित खवर