लिम्चुङबुङ गाउँपालिकाद्वारा पुर्णरुपमा फौजी किरा नियन्त्रण

लिम्चुङबुङ गाउँपालिकाद्वारा पुर्णरुपमा फौजी किरा नियन्त्रण

 

उदयपुर : गतवर्ष किसानहरुको धान, मकै लगायतको बालिमा फौजि किराले आंतक मच्काए पछि यो बर्ष उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पुर्ण रुपमा फौजि किरा नियन्त्रण गरेको छ ।

गाँउपालिकाले पालिका भित्रका १८ सय भन्दाबढि किसानहरुलाई निः शुल्क रुपमा फौजि किरा नियन्त्रणका लागी बिषादी वितरण गरेको लिम्चुङबुङ गाउँपालिका कृषि शाखा प्रमुख गगन राईले जानकारी दिनुभयो। गत्तबर्ष पालिकामा फौजि किराले गर्दा किसानहरुको मकैको बिउ समेत जोगिएको थिए ।

यस बर्ष पालिका भरका किसानहरुलाई बिसादिसँगै निः शुल्क मकैको बिउ समेत उपलब्ध गराईको पालिका अध्यक्ष मेजर कुमार राई बताउनुभयो।

लिम्चुङबुङका स्थानीय किसान टेक बहादुर खड्काले भन्नुभयो “बार्षिक रुपमा ५० मुरी कमै फल्थियो गतवर्ष बिउ समेत जोगाउँन धौधौ पर्यो, र पालिकाले बिउ र फौजि किरा नियन्त्रणका लागी बिषादी दिएको छ। बिषादिको प्रयोग बाट फौजि किरा सबै मरेका छन, यो बर्ष मकैका बोटहरु पनि निकै राम्रो भएका छन । उत्पादन पनि राम्रो हुनेमा हामि किसानहरु आशावादी छौं ।”

पालिकाले बिउ र फौजि किरा नियन्त्रणका लागी बिषादी दिएकोमा निकै उत्साहित भएको अर्का किसान सिताराम कार्कीले बताउनुभयो।

गतवर्ष फौजि किराले किसानहरुलाई परेको समस्यालाई केन्द्रित गरेर यो बर्ष बन्दाबन्दीको समयमा समेत ४ महिना देखी घर नगइ कार्यालय खोलेर किसानहरुलाई बिषादि वितरण गरेको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ कि कृषि प्राविधिक शान्ता खड्काले बताउनुभयो ।

फौजि किरा नियन्त्रणका लागी पालिकाले ३ लाख बजेट छुट्याएर ‘इमामेक्टिन बेन्जोएट’ (कोब्रा) बिषादि वितरण गरेको पालिकाले जनाएको छ । पालिकामा यो बर्ष फौजि किराको नियन्त्रण भएपछि मकै, धान राम्रो उत्पादन हुनेमा किसानहरु उत्साहित भएका छन् ।

सम्बन्धित खवर