दुर्घटना अपडेट : दुईको मृत्यु, ६ जना बेपत्ता

दुर्घटना अपडेट : दुईको मृत्यु, ६ जना बेपत्ता

 

कालीकोट – कालीकोटको लालीघाट बजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको जा ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खस्दा दुई जनाको ज्यान गएको छ । रास्कोट नगरपालिका २ की २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया सर्मिला सार्कीको घटनास्थलमै ज्यान गएको हो ।

त्यस्तै दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारको लागि कालीकोट ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताउनुभयो ।

भारतलगायत विभिन्न देश र स्थानीयलाई उद्धार गरी क्वारेन्टाइन लैजाने क्रममा टिप्पर कर्णाली नदीमा खसेको हो ।

रास्कोट नगरपालिकाकै मर्ना कुमाल, सरिता सार्कीलगायत ६ जना बेपत्ता भएको घटनास्थलमा पुग्नुभएका पत्रकार प्रेमराज सिम्खाडाले बताउनुभयो ।

सम्बन्धित खवर