क्वारेन्टिनमा लैजादै गर्दा टिपर दुर्घटना

क्वारेन्टिनमा लैजादै गर्दा टिपर दुर्घटना

काठमाडौं । कालिकोटमा ३९ यात्रु बोकेको टिपर कर्णाली नदिमा खसेको छ ।

भारतबाट आएका यात्रुहरुलाई होल्डिङ क्षेत्रबाट क्वारेन्टिनमा लैजादै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर बुधबार दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन् । अन्य यात्रुहरुकोबारेमा थप खवर आएको छैन ।

प्रहरीका अनुसार हालसम्म ६ जनाको उद्दार भएको छ भने ३३ जना वेपत्ता छन् । टिफर नदीमा डुबेका कारण यात्रुहरुको खोजी कार्य जारी छ ।

घटनास्थलमा कालिकोटका प्रमुख जिल्ला अधिकारी, एसपीको नेतृत्वमा प्रहरी र सेना परिचालन भएको बताइएको छ ।

सम्बन्धित खवर