दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : कर्णाली प्रदेशको दैलेख जिल्लामा शुक्रबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।

शुक्रबार नै जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाका एक/एक जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै शुक्रबार कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमित भेटिएका हुन् ।

सम्बन्धित खवर