नेपालमा बार्षिक २ अरब भन्दा बढिको कागती आयात, कागतीमा आत्मनिर्भर बन्नुपर्नेमा जोड

नेपालमा बार्षिक २ अरब भन्दा बढिको कागती आयात, कागतीमा आत्मनिर्भर बन्नुपर्नेमा जोड

कास्की : गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालमा बार्षिक २ अरब भन्दा बढिको कागती आयत हुने गरेको बताउनु भएको छ ।

विहिबार आफ्नै निर्वाचन क्षेत्र कास्की १ (१)अन्तरगत पर्ने पोखरा महानगरपालिका वडानं ३१ बेगनासमा कागती पकेट क्षेत्रमा कागतीको विरुवा लगाउदै कागतीमा आत्मनिर्भर बन्नुपर्ने बताउनु भएको हो ।

सभापति कोइरालाले हाम्रो हावा पानी र माटोमा उत्पादन गर्न सकिने कागती पनि बार्षिकरुपमा भारत बाट २ अरब भन्दा बढि आयत हुने गरेको तथ्याङ रहेको भन्दै स्वदेशमै कागती उत्पादन गरेर आत्म निरर्भर बन्नुपर्नेमा जोड दिनु भएकोहो ।

कागतीको आयत रोक्ने अभियान बेगनासबाट शुरु भएको बताउदै सरकाले गरेको लगानीलाई परिणाम मुखी बनाउन किसानहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले बच्चा हुर्काउदा जस्तै गरि कागतीको विरुवाको संरक्षण गर्नुपर्ने बताउनु भयो ।

बेगनासमा शुरुभएको कागती खेती अभियान देशकै नमुना बन्नुपर्ने बताउनु भयो । कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पकेट र बलक कृषि ज्ञानकेन्द्रले सञ्चालन गरेको जानकारी दिदै सरकारको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कुल ३२ लाखको लगानीमा वेगनासमा कागती खेती शुरुगरिएको बताउनु भयो ।

परिक्षणको रुपमा हेरीएको कागती खेती कृषकहरुले राम्रो गरे पकेट्बाट बलकमा जान सकिने तर सम्झौता अनुसार काम नगरे आफ्नो कार्यालयले भुक्तानी समेत नगर्ने बताउनु भयो । अधिकारीले वेगनास क्षेत्रमा १७ हजार कागतीको विरुवा रोपिने बताउनु भयो ।

कोट देउराली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड पोखरा ३१ वेगनास मार्फत कागती पकेट सञ्चाललक समिति गठन गरेर विरुवा रोप्न शुरु भएको समितिका अध्यक्ष विष्णुप्रसाद लामिछानेले जानकारी दिनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य चतुरे विक ,वडानं ३१का जनप्रतिनिधि पुर्णखर पाण्डे , कोट देउराली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सापकोटा, कागती पकेट सञ्चालक समितिका सचिव श्रीराम कडेल लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर