पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने

पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने

पोखरा : गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा पदक ल्याउन सफल प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने भएको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीहरुलाई रकम दिने बताएका हुन ।

सागमा पदक विजेतालाई नगद दिने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ । “नेपाल सरकारले आयोजना गरेको तेह्रौँ दक्षिण एशियाली खेलकुदका आठ वटा इभेन्ट प्रदेशको राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न गरिएको छ । सो प्रतियोगितामा यस प्रदेशका पदक विजेता खेलाठी तथा प्रशिक्षकलाई प्रोत्साहन स्वरुप नथद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।” नीति तथा कार्यक्रममा समेटिएको छ ।

मंसिरमा सम्पन्न १३ औ सागमा गण्डकी प्रदेशका खेलाडीले २ स्वर्ण, १५ रजत र १६ कास्य हात पारेका थिए । साग पदक विजेता खेलाडीलाई राज्यले सम्मान गरिसकेको छ । भने अन्य प्रदेशमा पनि सम्मान गरिसकेको छ भने केहि प्रदेशले सम्मान गर्ने बताइ रहँदा गण्डकी प्रदेशले भने यस अघि कुनै गृहकार्य गरेको थिएन ।

युवा तथा खेलकुद मन्त्रालयले भने सागमा स्वर्ण विजेतालाई आजिवन भत्ता दिने व्यवस्था गरेको छ । मन्त्रालयले मासिक ६ हजारको दरले भत्ता दिने योजना बनाएको छ ।

गण्डकी प्रदेशका नविन रसाइली कराते (वागलुङ) र स्याङ्जाकी प्रशांसा क्षेत्रीले स्वर्ण हात पारेका थिए भने टेनिस इतिहासमा पहिलो पटक नविन पुनमगर र प्रदिप खड्काले कास्य ल्याउदैँ इतिहास समेत रचेका थिए ।

उता महिला भलिबलमा समेत निकै उत्कृष्ट प्रर्दशन गर्दै पदक जित्दा भलिबलको कप्तानी पनि बाग्लुङकी अरुण शाहीले गरेकी थिइन् । उनको कम्तानीमा रजत जित्न नेपाल सफल भएको थियो । यी बाहेक महिला ह्याण्डबलमा पनि गण्डकी प्रदेशका खेलाडीको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै प्रदेश सरकारले खेलकुदको पूर्वाधार निमार्णलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकारको खेलकुद पुर्वाधार विकास योजना अन्तरर्गत रहेको बहुउदेश्यीय रंगशाला, अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला, हाइअल्टिच्युड खेल मैदान र एक स्थानीय तह एक खेल मैदानको योजनालाई निरन्तरता दिनेछ ।

“नेपाल सरकारसंगको सहकार्यमा प्रत्येक जिल्लामा रंगशाला निमार्ण गर्ने नीति लिइनेछ ।” नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय तहसंगको सहकार्यमा २२ गाउँपालिका र ५ नगरपालिकामा खेल मैदान र रंगशाला निर्माणको कार्य अगाडी बढाइएको समेत उल्लेख गरिएको छ । प्रदेश सरकार संग प्रतियोगिता सम्पन्न भएको ६ महिना सम्म पनि पदक विजेता खेलाडी तथा प्रशिक्षकको तथ्याङ्क थिएन् । प्रदेश सरकारले केहि दिन अघिमात्र नामावली तथा तथ्याङ्क तयार गरेको थियो ।

समावेश गरिएन नवौँ खेलकुद प्रतियोगिता

आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भने समेटिएको छैन् । आगामी फागुन २० देखी गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैँ छ । आयोजक नै रहेको प्रदेशले आफ्नो योजनामा भने प्रतियोगितालाई समावेश गरेको छैन् ।

यसले प्रदेश स्तरबाट हुनुपर्ने तयारीको सन्दर्भमा भने केहि अन्योलता देखिएको छ । कोरोना भाइरसको कारणले पुर्वाधार निमार्णमा असर परिरहेको अवस्थामा प्रदेश सरकारले आफ्नो योजनामा समावेश नगर्दा थप ढिलाइ हुने सम्भावना समेत देखिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पश्चिमाञ्चल
क्षेत्रीय खेलकुद विकास समितिले खेल पुर्वाधार निमार्ण एवम् मर्मत सम्भार गर्नको लागि ४३ करोड ७० लाख रुपैँया माग गरेको छ । त्यस्तै प्रदेश सरकार संगपनि २ करोड ८८ लाख रुपैँया माग गरेको छ । प्रदेशको ११ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुदैँ छ ।

सम्बन्धित खवर