लिपुलेकको चुचुरोवाट भनौं ‘लोकतन्त्र जिन्दावाद’

लिपुलेकको चुचुरोवाट भनौं ‘लोकतन्त्र जिन्दावाद’

प्रत्येक वर्ष झै यो वर्ष पनि सयौं सुरक्षाकर्मीको विचवाट सिंह गर्जन सहितको उद्घोष आइसक्यो राष्ट्रियता, अखण्ड नेपाल, सार्वभौम सत्ता र समानताको लागि हामी कुनै पनि हालतमा सम्झौता गर्दैनौं । जनआन्दोलन २०६२/०६३ र १३ वर्षे माओवादी आन्दोलनको जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १५ गते झै यो वर्ष पनि यहि भाषामा कर्मकाण्डी हुन्थो नै । अरुले वोलेको राजनीतिक कुरा वुझ्ने भए देखिनै यहि कुरा यहि स्थानवाट सुन्दै आएको छु ।

पुराना रुख मरे, नयाँ पालुवा सहितका साना विरुवा ठुला रुख भए, कालोपत्र वाटो पत्रा पत्रा उक्किएर ताल वने अनि अग्ला डाँडा सलल कार जाने सडक सहित समथल वने तर पनि फेरिएन त्यहि टुडिखेलवाट वोल्ने वक्ता र उनको वोली ।

सँधै चक्लेट जस्तै मिठा तिम्रा आश्वासनहरु ।

तिम्रा वोलीका चकेलेट यति खाईयो की अव त पेट नै विसन्चो भएर मर्न पाए हुन्थ्यो जस्तो भयो तर अह तिमिहरुले चकलेट वाड्न वन्द गरेनौ । त्यसैले अहिलेको गणतन्त्र दिवस मान्छे परिवर्तन नभए पनि स्थान परिवर्तन गरौं । हिड जाउँ लिपुलेकको टाकुरावाट गणतन्त्रको तोप पड्काऔं । तोपको आवाजसँगै लखेटौं भारतीय सैनिक र फिर्ता गरौं हाम्रो भूमि अनि टुडिखेलमा गरिने पुष्पवृष्टी लिपुको चिसो भूमिामा गरौं ।

भारतीय पक्षवाट नेपालको राष्ट्रियतामा यति धावा वोलेको छ कि पुर्वको मेची पुल देखी पश्चिमको कालापानी लिपुलेकसम्म पुग्दा अधिकतम दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेक स्थित ३७ हजार हेक्टर देखि कपिलवस्तुको कृणनगरको वजारमा एक हेक्टर सम्म जग्गा जवर्रजस्ती अतिक्रमण गरेको छ । पुर्व देखि पश्चिमसम्मको ५४ स्थानमा दैनिक रुपमा अतिक्रमण सहित हाम्रो राष्ट्रियतामा धावा वोलेको छ भारतले ।

चर्को मौखिक राष्ट्रवादको रटानले देश वन्छ र सरकार ?
वर्तमान सरकार सिमानाका वारेमा सवै भन्दा आलोचक वनेको छ । आलोचक वन्नुमा महाकाली सन्धीको नाईके र चर्को मौखिक राष्ट्रवादको रटान नै हो । महाकाली सन्धी भएको २२ वर्ष पछि २०७४ साल चैत्रको तेश्रो हप्ता प्रधानमन्त्रीको हैषियतमा के पी वलीले भारतीय पत्रकार सुहासिनी हैदरलाई दि हिन्दु पत्रिकामा दिएको अन्र्तवार्तामा उनले धुमाउरो पाराले महाकाली सन्धी गरिनु केहि गल्ती भएको धारणा राखेका थिए । तर उनले गरेको यो अभिव्यक्त नाकावन्दीका वेला उम्लीएको चर्को राष्ट्रवादी भनाईसँग जोडिएको थियो । किन भने महाकाली सन्धीको मुख्य नाईके मध्येका एक केपी नै थिए ।

महाकाली सन्धीको मुख्य नाईकेहरुमा सन्धिको ड्राफ्ट नेपाली तयार गर्नेहरु नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर राणा हुन् । उनिहरुले राष्ट्रवाद भन्दा पनि भारतीय जालझेल र निजी लाभाको पोखरीभन्दा वाहिर निस्किएर सामाना गर्न नसक्दा महाकाली सन्धी भयो र अततः त्यो सन्धी नेपालको पक्षमा नभएको वर्तमान पराष्ट्रमन्त्रीले पनि खुल्ला रुपमा वोलेका छन् ।

१२ धारामा भएको उक्त सम्झौतामा नेपाल ठगिएको थाहापाए पछि तत्कालिन नेकपा भित्र ठुलै असहमती भयो अनि केशलाई साम्य पार्न माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री के पी शर्मालाई हातमा लिए र सन्धी गरे तर सो सन्धीको वारेमा वसेको नेकपाको वैकमा सहमती नजुट्दा तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारी पनि अहिलेका अध्यक्ष केपी शर्मा वैठक छोडेर विरामी भएको वहाना पार्दै वैठक छोडेर हिडेका त्यसपछिको कुनै पनि वैठकमा उपस्थित भएनन् । तर अहिलेका प्रधानमन्त्री जती नै थाके भनेर हिडेपनि वहुमत आफ्नो पक्षमा पार्न सिपालु छन् सानो चकलेटको सट्टामा ठुलै मिठाईको पोको नै फाल्न किन नपरोस् ।

उहिलेका कुरा खुईलिएकै हुन् र सरकार ।
पुराना कुराहरु किन उठाएको भन्ने पनि लाग्ला अहिलेको राष्ट्रवादी र पुर्ण वहुमतीय स्थाई सरकार त्यहि सरकार हो जसले त्यतिवेला महाकाली सन्धी ठिक हो भन्दै दिपावली समेत गरेको थियो । प्रत्येक वर्ष दैनिक जसो दिपावली गर्न अनुरोध पनि गर्छ सरकारले तर फरक फरक परिभाषामा । हामी जनता सिंहदरवार र टुडिखेलको आवाज सुन्छौ त्यसैमा रमाउँछौं । त्यतिवेला केपीले असहमति जनाएको भए सो महाकाली संन्धी हुने थिएन । तर केपीले त्यतिवेला पनि आफ्नै र कोटरीको मात्रै स्वार्थ हेरे अनि महाकाली वेच्ने सहमती पत्रमा ल्याप्चे लगाए ।

आज पुन सरकारले गणतन्त्रको दिपावली गर्न उर्दि जारी गर्छ, हामी पहाडिया राष्ट्रवादको पेरिफेरीमा रहेर । काठमाण्डौ खाल्टो भित्र उम्लीने राष्ट्रवाद खासमा सामाजिक संजालका लागि हुन् अनी कोटरी र लैनचौरको हितका लागि हुन् । त्यसैले यो पटकको राष्ट्रवादी स्वभाव र लोकतन्त्र दिवस लिपुलेकको अतिक्रमित भूमिमा मनाऔं । जन्मदिनको केक र पुष्प वृष्टी गर्ने हेलीकै प्रयोग गरौ तर तपाँईहरुले लिपुलेकको जमिन छोएर कसम खानुहोस् लोकतन्त्र दिवसको अनि उनिहरुको लागि पनि सरकार छ भन्ने कुराको एहसास गराउनुहोस् ।

सिंहदरवार, वालुवाटार र टुँडीखेलको चौघेरावाट कहिल्यै देखिएन जंगे पिल्लर ।
लोकतन्त्र दिवस मनाउन निस्किएका हजारौ पहाडिया नेपालीहरु सिमानाका जंगे पिल्लर र कालापानी, लिम्पियाधुरा, लिपुलेकको अतिक्रमित भूमि जोगाउँदा एस एस विको गोली र भाटाका कारण वहेको रगतमै डुवेर स्वास फेर्न नसकी मृत्यूवरण गरेका सच्चा राष्ट्रवादीको मलामी नवनुन् । सिंहदरवार, वालुवाटार र टुँडीखेलको चौघेरावाट कहिल्यै नदेखिएका सिमानाका नेपालीले तिम्रो लोकतान्त्रिक अभ्यासको ताण्डव नाच प्रर्दशन गर्ने भूमिको रक्षार्थ मृत्यू वरण गर्नेहरुको आत्माले सराप्ने छ । थाहा छ सरकार जंगे पिल्लरसँगै गुमनाम भएका सच्चा राष्ट्रवादी सहिदहरुको तथ्याङ्क ? के गर्ने लोकतन्त्रमा त शहिदमा दर्ज हुन पनि पार्टी सदस्य हुन पर्छ नेपाली भएर हुँदो रहेनछ ।

लोकतन्त्र जिन्दावादको नारा लगाईरहदा अनि शान्तीको प्रतिक परेवाको जोडि लासहरुको सहर काठमाण्डौमा उडाईरहदा सायद तीनै परेवाको जोडीको माकुर कुर आवाजको भाषा कहिल्यै वुझेनौ किन भने तिमीहरु पनि त लाससँगै वेहोसी वा लासै वरावर अचेत छौ । तिनै लासहरुको छातीमाथी ताण्डव प्रस्तुत गरेका छौं । म त्यहि लासको विचवाट तिम्रो नाचको पक्षमा तालि वजाएको छु । प्रत्येक पटकको परेवाको जोडीको आवाज वुझेको भए यो वर्षको लोकतन्त्र दिवस लिपुलेकमै मनाईन्थ्यो ।

आउँदो पुस्तालाई हामीले बुझाउने नेपालको नक्सा कस्तो होला ?
सायद यो वर्षको राष्ट्रवादको ताण्डव अमेरिका तिर मोडिन्छ होला तर सावधान यो हुन सक्दैन । तिमीलाई त मतलव छैन होला तर हाम्रा त भावि सन्तती छन् उनिहरुलाई हाम्रा पुर्खाले हामीलाई वुझाएको सार्वभौम र अखण्ड नेपालको नासो वुझाउनु पर्छ । त्यसैले कुनै पनि हालतमा देशको अहित हुने कुरामा सम्झौता नगर्न सरकार पक्षकै सचेतकले समेत खवरदारी गरेका छन् । एम सि सि र केहि पैसाको नाममा नेपाली छातीमा अमेरिकी वुट र तोप पड्काउन नदिने कुरामा हामी एक छौं । यसको लागि सरकारको ताण्डवको प्रतिवाद गर्न किन नपरोस् ।

लोकतन्त्र दिवसमा उल्लासले एक आपसमा लगाएको अविरको रगं एमसिसि र सिमाका विषयमा प्रतिवाद गर्दा वग्ने रगत नवनोस् यो लोकतन्त्र दिवस । सरकार खूल्ला रुपमा भनिदे “हामी पैसासँग हाम्री आमा साट्दैनौ त्यसैले तिम्रो एम सि सिको प्रस्ताव फिर्ता लैजाउ ।” तपाईकै शव्द सापटी लिएर भने “राष्ट्रियता सानो ठुलो हुदैन” त्यसैले अहिले तपाँईहरुले वेच्न खोजेको हाम्रो राष्ट्रियता हाम्रा लागि आफ्नी आमाको छाती भन्दा ठुलो छ त्यसैले यो दुस्साहस नगर्नुहोला ।

यो वर्षको दिपावलीको उज्यालोले जंगे पिल्लर मुनि पुरिएका गुमनाम नेपालीको लास खोजौं ।
आजको लोकतन्त्र दिवसको उल्लासमा गरिने दिपावलीको टुकी सिमाना र जंगे पिल्लरको वरीपरि गर्ने तयारी हाम्रो छ । हामी खोज्दै छौं अतिक्रमित भूमिमा हाम्रो राष्ट्रवादी सरकार । हाम्रालागि पनि वनेको सरकार हो र हाम्रो आवाज पनि लासहरुको सहरसम्म पुग्छ भने एउटा वत्ति लिएर आईजा सरकार जैगे पिल्लर मुनि पुरिएका गुमनाम नेपालीको लास खोज्न । पुर्व मेची देखि पश्चिम महाकली सम्म अनि उत्तरमा सगरमाथा देखि दक्षिणमा सुस्तासम्मको अतिक्रमित भूमि खोजौ अर्को वर्ष ग्रेटर नेपालमा लोकतन्त्र मनाउँला ।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।
यूगौं–यूगान्तर सम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस् , अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुबै तर्फ डाँफे र मुजुर नाचोस् नेपाली टोपी सगरमाथा भन्दा उच्च रहोस् । गणतन्त्र दिवसको दिनमा कसैले सरकारको गाली गर्न नपरोस् । तिमी र यो सरकार पनि नेपालीकै हो भन्दा सवै नेपालीलाई गर्व अनुभुती होस् त्यहि गर्वाअनुभूती शक्तिको आधिवेहरी वनोस् । त्यहि आधिवेहरीले वडारोस् अहिलेको सिमा अतिक्रमण गर्नेहरुको सोचलाई अनि एम सिसिसिको प्रस्तावलाई । अनिमात्रै हिमाल पहाड र तराई सवैतिर एक स्वरमा गुञ्जने छ लोकतन्त्र जिन्दावाद ।
विष्णु गौतम

सम्बन्धित खवर