वन अतिक्रमणको अवस्था नियाल्नसंसदीय टोली डडेल्धुरामा

वन अतिक्रमणको अवस्था नियाल्नसंसदीय टोली डडेल्धुरामा

अमरगढी : कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा डडेल्धुरामा भएको वन अतिक्रमणको अवस्था स्थलगतरूपमा बुझ्न सुदूरपश्चिम प्रदेशको संसदीय टोली यहाँ आइपुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा संसदीय टोलीले अनुगमन गरेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश संसद्को अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कुँवरको नेतृत्वमा ६ जना प्रदेश सभाषद्को टोली यहाँ आइपुगेका हुन् । टोलीले वन अतिक्रमणबारे चासो राखेको र सरोकारवालासँग बुझेको सो कार्यालयका प्रमुख विष्णुप्रसाद अचार्यले जानकारी दिनुभयो ।

जिल्लाबाट उपभोक्ताले गरेको उजुरीका आधारमा संसदीय टोली यहाँ आएको समितिका सदस्य महेशदत्त जोशीले जानकारी दिनुभयो । लकडाउनका बेला जिल्लाका डेढ दर्जन सामुदायिक वनमा अतिक्रमण भएको आधारमा टोली आइ अध्ययन शुरु गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर