पथरीको होल्डिङ एरियालाई क्वारेनटाइन बनाइयो, फ्रि वाइफाइको व्यवस्था

पथरीको होल्डिङ एरियालाई क्वारेनटाइन बनाइयो, फ्रि वाइफाइको व्यवस्था

पथरी, भारतले नेपाल आउन चाहने नेपालीहरुलाई फटाफट घरफिर्ती गराउन थालेपछि क्वारेनटाइनको अभाव हुन थालेको छ । मोरङको पथरी शनिश्चरेमा तयारी गरिएको होल्डिङ एरियालाई पनि क्वारेनटाइनमा परिवर्तन गरिएको छ ।

भारतबाट नेपाल आउनेको संख्या पथरी शनिश्चरेमा शुक्रबार सम्म ५ जना रहेका थिए । उनिहरुलाई काकडभिट्टा नाकाबाट सिधै होल्डिङ एरियामा ल्याएर राखिएको थियो । पथरी बहुमुखी क्यामपसको माथिल्लो तलालाई पुरै क्वारेनटाइन बनाउनुपर्ने अवस्था आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो । ‘सुरुमा थोरै मात्रै मानिस होलान भन्ने सोचेर होल्डिङ एरियाको रुपमा राखिएको थियो आचार्यले भन्नुभयो तर अव मान्छेको चाप बढ्ने भएपछि क्वारेनटाइन नै बनाउन बाध्य भएका हौँ ।’

नगरमा यसअधि क्वारेनटाइन नबनाएको तर अब आफैले आफ्नो पालिकामा क्वारेनटाइन नबनाए नहुने बाध्यता परेको नगर प्रमुख दिलिप कुमार राईले बताउनुभयो । क्यामपसको माथिल्लो तलामा एकसय जना सम्म अटउने तयारी रहेको राईले बताउनुभयो । अझै आउनका लागि सुनौली नाका, जोगवनी, काँकडभिट्टा नाका लगाएतका विभिन्न नाकाहरुबाट आफुलाई नगरवासीहरुको फोन आइरहेको समेत राईले बताउनुभयो । क्वारेनटाइनमा रहेकाहरुको समयअवधी पुरा भएपछि स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइने राईले बताउनुभयो । पथरीको क्वारेनटाइनमा रहनेहरुका लागि त्यहाँ बसुन्जेल सहजता होस भनेर क्यामपसले फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ ।

सुन्दरहरैँचाको गोठगाउँमा प्रदेश स्तरको क्वारेनटाइन छ तर सो क्वारेनटाइनले पनि धान्न नसक्ने भएपछि पालिकाहरुले आफै क्वारेनटाइन निर्माण गर्न थालेका हुन् ।

सम्बन्धित खवर