कांग्रेस पथरी शनिश्चरेले बुझायो नगर सरकारलाई ज्ञापन पत्र

कांग्रेस पथरी शनिश्चरेले बुझायो नगर सरकारलाई ज्ञापन पत्र

पथरी, नगर सरकारले लकडाउनमा जनताको हरेक मार्का बुझ्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा मंगलबार नगर प्रमुख र उप प्रमुखलाई नेपाली कांग्रैस नगर कमिटिले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।

कार्यबहाक सभापती इश्वर बहादुर थापाको नेतृत्वमा नगरमा पुगेको टोलीले ७ वटा बुदामा नगरलाई सुझाव सहित ज्ञापन पत्र बुझाएको हो । यसअघी बुझाएको ज्ञापन पत्रका बारेमा के के भयो सो विषयको जानकारी दिनुपर्ने, कृष्कहरुका लागि आवश्यक मल, बिऊ उपलब्ध गराउनुपर्ने, दोस्रो चरणको राहत प्याकेज घोषणा गर्नुपर्ने, नगरमा कोरोना परीक्षण तिब्र पार्नुपर्ने, नगरका सबै नाकाहरु सिल गर्नुपर्ने, नगरमा उत्पादन हुने कृषि सामाग्रीको संकलन केन्द्र स्थापना गरेर व्यवस्थापन गर्नुपर्ने लगाएतका माग ज्ञापन पत्रमा गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख दिलिप कुमार राईले सबै पार्टीले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो । नगरमा राहतका लागि संकलन भएको नगद, जिन्सी लगाएतका विषयमा समेत राईले संक्षिप्त जानकारी दिनुभयो । आगामी दिनमा कोरोनाको महामारीबाट नगरवासीलाई बचाउनका लागि सबै राजनैतिक दलहरुले मिलेर सहयो गर्नुपर्ने राईले बताउनुभयो ।

नगरले आवश्यक ठानेको समयमा नेपाली कांग्रेस जुनसुकै समयमा सहयोगका लागि तयार रहेको कार्यवाहक सभापती थापाले बताउनुभयो । नगरले गरिरहेका राम्रा कामको समर्थन गर्दै गल्तीहरुलाई तत्काल सच्याएर अगाडी बढ्न कांग्रेसको सुझाव रहेको थापाले बताउनुभयो ।

सम्बन्धित खवर