नगरपालिकाले समन्वय नगरे भन्दै महालक्ष्मी विद्यालय व्यवस्थापन समितिको आपत्ती

नगरपालिकाले समन्वय नगरे भन्दै महालक्ष्मी विद्यालय व्यवस्थापन समितिको आपत्ती

मोरङ, रंगेली नगरपालिकाले विद्यालयसंग समन्वय नगरी बोलपत्र आव्हान गरेको भन्दै एक विद्यालय समितिले आपत्ती जनाएको छ । रंगेली नगरपालिका ८ स्थित रहेको महालक्ष्मी विद्यालय व्यवस्थापन समितिसंग नगरपालिकाले आवश्यक छलफल नगरी बोलपत्र आवहान गरेपछी रुष्ट हुदै प्रेश विज्ञाप्ती जारी गरी आपत्ती जनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर थापाले विज्ञप्ती जारी गर्दै आगामी दिनमा नगरपालिकालाई यस्तो कार्य नगर्नका लागि ध्यानआर्कषण गराएका छन् । अध्यक्ष थापाले विद्यालय व्यवस्थापन समितिलाई नगरपालिकाले समन्वय नगरी योजनाको टेण्डर निकाल्ने कार्यमा आफुहरुको आपत्ती रहेको बताउनुभयो । विद्यालयको पुर्वाधार विकासका लागि प्रदेश सांसद लिलाबल्लभ अधिकारीले सांसद विकास कोषबाट १५ लाख ७ हजार रुपैया उपलब्ध गराएका छन् । योजना सञ्चालन गर्नका लागि नगरपालिकाले वैशाख १४ गते बोलपत्र आव्हान गरेको विज्ञप्तीमा उल्लेख गर्दै बजेट उपलब्ध गराएकोमा सांसद अधिकारीलाई व्यवस्थापन समिति र शिक्षक परिवारले धन्यवाद समेत दिइएको छ ।

सम्बन्धित खवर