जेल बसेको ब्याजमा बनेको प्रधानमन्त्री पदजस्तो होइन डाक्टरी विज्ञता

जेल बसेको ब्याजमा बनेको प्रधानमन्त्री पदजस्तो होइन डाक्टरी विज्ञता

विष्णु गौतम

म सामान्य नागरिक विष्णु गौतम । म मेरा बृद्ध नागरिक, प्रधानमन्त्री केपी शर्मा ओली झंै कोरोनाको बारेमा विज्ञलाई पाखा लगाउँदै कुनै धारणा दिन खोजेको पनि होइनँ । यहाँ मैले प्रस्तुत गरेका कुरा मेरो सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै पोखरा महानगरपालिका वडा नं १९, को पुरुञ्चौरस्थित आफ्नै घरको चौघेराभित्र बाट दिइएको हो । नाम र ठेगाना प्रस्तुत गर्नुको कारण यदि मेरो सरकारलाई मेरा कुराले अप्ठेरो पा¥यो भने नियन्त्रणमा लिन सझिलो होस् भन्ने नै हो ।

सरकारको अनुरोध पालना गर्दै गत महिनाको १० गतेदेखि घरको पर्खाल नाघेर बाहिर निस्किएको छैन । सूचनाको पहिलो र अन्तिम माध्यम नै अनलाइन हो मेरो लागि । सामाजिक सञ्जाल र न्युज पोर्टलबाट मैले लिने सूचानाका आधारमा मैले मेरो धारणा र कोरनाका बारेमा ३ हप्ता पहिलादेखिको संसारको अवधारणा तयार गर्ने गरेको छु ।

बढी प्रसंग त थाहा भएन तर पनि हिजो मात्रै बुढापाकाले कुरा गर्दा घरको झ्यालबाट सुनेको कुरा ‘विश्वेश्वरप्रसाद कोइरालाले भाइ गिरिजाप्रसादलाई त्यसै हल्दार भनेका होइनन् ।’ सायद अहिलेका प्रधानमन्त्री केपी शर्मा वलीका पनि विषय र विज्ञता र अवस्थालाई बुुझेको दाइ भएको भए प्रधानमन्त्रीको कोरोनासँग सम्बन्धित जनचेतना भिडियोमाथि यस्तै खालको टिप्पणि गर्थे होलान् ।

प्रधानमन्त्रीले बोलेको कुरा पनि संसारकै सबैभन्दा कमेडी वक्तव्य हो मेरो विचारमा । कुनै पनि कुराको जानकारी सम्वन्धित क्षेत्रको विज्ञले दिने हो । १२ वर्षको बच्चाले पशुपतिनाथ मन्दिरको इतिहासको कुरा गर्नु र मेरा प्रधानमन्त्रीले कोरोनाको रोकथाम र त्यससँग सम्बन्धित टेक्निकल कुरा गर्नु समान कुरा हो ।
सामान्य कार्यालयमा काम गर्ने कर्मचारीलाई त कार्य समयभित्र मोबाइलमा फोन गर्नु र अन्य कुनै पनि व्यक्तिगत काम गर्नु बर्जित हुन्छ भने मानवीय जीवनको मूल्यमा केन्द्रित भएर २४ सै घन्टा सेवामा अटिएका स्वास्थ्यकर्मीको सेवालाई कमजोर आँक्नु प्रधानमन्त्रीको हदैसम्मको बचपना हो ।

कोरोनाका बारेमा संसार हल्लाउने खालको विज्ञता प्रस्तुत गर्ने जेल बसेको व्याज लिन पल्केकाहरुको लटभित्रबाट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिने विज्ञता र विश्वसनीयता सामान्य साइन्सका विद्याथीले दिनेभन्दा पनि कमजोर नै हुन्छ । अन्तर्राष्ट्रिय मान्यता यस्तै खालको हुन्छ होला । नत्र अमेरिकाकै चिकित्सा विज्ञ र अनुुसन्धानमा खटिने वैज्ञानिकहरुले समेत भन्न हम्मेहम्मे परेको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई परिभाषित गरेर कम्युनिस्ट भाइरस भनेझैं नेपालका कम्युनिस्ट नेता हाम्रा प्रधानमन्त्रीले चुटकिला झैं सहज बोलिदिए ।

त्यसैले होला जापानबाट भाइरोलोजीमै पिएचडी गरेर सोही क्षेत्रमा टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका डा. शेरबहादुर पुनलाई डम्प गर्ने सोचमा मन्त्रालय सरुवा गरिएको । चौतर्फी विरोधपछि सरकार यो निर्णबाट पछि हट्ला नहट्ला दोस्रो कुरा होला तर सरकारले गरेको यो निर्णय नियतवश गरिएको निर्णय नै हो । यो निर्णय गर्नु र गर्न लगाउनुमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक, सम्वन्धित मन्त्रालयका मन्त्री र धमिलो पानीमा माछा मार्न पल्केकाहरुको चेपुवामा परेका हुन् डा. पुन । फोनको रोस्पोन्स नगर्नु भनेको हात्तीको देखाउने दाँत जस्तै मात्र हो ।

सामान्य कार्यालयमा काम गर्ने कर्मचारीलाई त कार्य समयभित्र मोबाइलमा फोन गर्नु र अन्य कुनै पनि व्यक्तिगत काम गर्नु बर्जित हुन्छ भने मानवीय जीवनको मूल्यमा केन्द्रित भएर २४ सै घन्टा सेवामा अटिएका स्वास्थ्यकर्मीको सेवालाई कमजोर आँक्नु प्रधानमन्त्रीको हदैसम्मको बचपना हो ।

१८ वर्षे सेवा अवधिका बीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, अहिले पुन कोभिड महामारीको सामना गरिरहँदा मन्त्रालय तानिनु कुनै पनि नागरिकको लागि पाच्य कुरा होइन । उनी अहिले संक्रमित ३१ जनाको मल्हम बनेर उपचारमा खटिनु पर्ने हो ।

उनी सरुवा रोग अस्पताल टेकुका रिसर्च विभाग प्रमुख पनि हुन् । त्यसैले उनी उपचारमा खटिँदा उनको रिसर्च र पिएचडी विज्ञता जनता र संसारभर जाने कारण र यो बीचमा धमिलो पानीमा माछा मार्न पल्केका केहिको बेइमानी र कमिसन बाहिर आउन सक्ने अनुमानमा उनलाई मन्त्रालय तानिएको हुनसक्छ । ओम्नी समूहबाट नेपाल भिœयाइएका पिसिआर मेसिन र ¥यापिड डाइग्नोक्टिक किटको विश्वसनीयतामा कुरा उठिरहेको बेला वास्तविकता बाहिर ल्याउन सक्ने अनुमानले गर्दा उनलाई यी २ कुराबाट टाढा राख्न मन्त्रालय सरुवा गरिएको हो । नत्र भने विभिन्न प्रदेश र जिल्लामा नेगेटिभ भेटिएका नमुना टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ देखिने र बाहिर पोजेटिभ देखिएका नमुना किन त्यहाँ नेगेटिभ देखिन्छ त ? साइन्स त सबै स्थानमा एउटै हुने होइन र ? कि सिंहदरवारमा २÷२ जोड्दा ५ हुन्छ ? हाम्रो तिर त ४ हुन्छ प्रधानमन्त्री ज्यू ।

३ हप्ता पहिला बिबिसी वल्र्डले त्यहाँको प्राइम समाचार नेपालमा बिहान १० बजे तिर कोभिडका बारेमा कसरी हात धुने कसरी सुरक्षित रहने र के गर्ने के नगर्ने भन्ने विषयमा समाचार प्रस्तुुत गरेको थियो । त्यो पनि ४ मिनेट । विश्व स्वास्थ्य संगठनको सरुवारोग विज्ञलाई स्टुुडियोमै ल्याएर । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यति लामो जनचेतनामूलक समाचार प्रस्तुत गरेको मैले थाहा पाएको छैन ।

हाम्रा कुनै पनि सञ्चारमाध्यमले आफ्ना मुख्य समाचारमा सम्वन्धित विज्ञलाई ल्याएर कोरोनाबाट बँच्न कसरि हात धुने भन्ने कुरा प्रस्तुत नै गरेनन् । किनभने हाम्रा मिडिया पनि सरकारजस्तै भए । करोडभन्दा तलको समाचार नै नबन्ने त्यसैले १५ रुपैयाँको साबुनले हात धुने कुरा समाचार नै बनेनन् ।

जुन मनसायले डा. पुनलाई मन्त्रालय तानिएको भए पनि उनले सरकारी कर्मचारीभन्दा पहिला १ नागरिक भएर निर्वाह गरेको जनचेतनाको कुराहरु जुन माध्यमबाट बाहिर आएको भए पनि राज्य र मेनस्ट्रिम मिडियाले नदेखेका कुराहरु हुने हामीजस्ता केही पनि नबुझ्ने बबुरोका लागि उनी भगवान हुन् ।
अन्त्यमा यो अवस्थामा सरकाराको गलत कामको विरोध गर्दै राज्यले भनेको कुरालाई शिरोपर गर्नुको कुनै विकल्प छैन । यो बेला भनेको कसैले कसैको विरोध र समर्थन गर्नुभन्दा पनि महामरीको विरुद्धमा सवैजना एक भएर आ– आफ्नो स्थानबाट लड्नुुनै पहिलो आवस्यकता हो । यसो भनिरहँदा फिल्डमा खटिएका योग्य विज्ञको मुख बन्द गर्नु भनेको स्वास्थ्य मन्त्रालय, निर्देशक र स्वास्थ्य मन्त्रीको ७ पुस्तामा पनि नपखालिने पाप हो ।

त्यसो त डा. पुन तपार्इं पनि सरकारका कुनै पनि निर्णयवाट आफ्नो मुख बन्द गर्न पाउनुहन्न । तपार्इंप्रति गरिएको लगानी तपाईंका लागि मात्रै होइन त्यसैले एक पटक तपाईंले दिने सेवा र जनचेजता तथा वास्तविकता जान्ने अधिकार मलाई पनि छ । मेरो स्थानमा तपाईंको छोरा वा भाइलाई राखेर हेर्नुस् त कतै तपाईंले मुख बन्द गर्दा केही भवितव्य प¥यो भने ?

अन्त्यमा भन्न मन लाग्यो मन्त्री ज्यू, प्रधानमन्त्री ज्यू, निर्देशक ज्यू र धमिलो पानीमा माछा मार्ने महोदयहरु र डा. पुन कसैको पनि भौतिक शरीर माटोमा मिलाउन लैजाँदा ओढाउने बस्त्रमा कुनै खल्ती हुँदैन त्यसैले त्यो बेला लैजाने भनेको आम नागरिकको मनबाट निस्केको आशु र विचरा शव्द र तपाईंको शोकमा छोडिने एक छाक नुन मात्रै हो ।
९८५६०३८२३८

सम्बन्धित खवर