उ क्रुर कोरोना भाइरसको दबाइ हो

उ क्रुर कोरोना भाइरसको दबाइ हो
केवल एउटा तानाशाहि
सामान्तबादि सासकले
सयौ देस र करौडौ किसानहरुलाइ कैदी बनाएर
दासत्वको भुमरिमा राखै झै गरि
आज यो सिङ्गो दुनियालाई बन्दी बनाएर
राखेको छ
त्यो कोरोना भाइरसले।
क्वारेन्टाइनमा प्रेबेस गरेदेखी
पृयसीसङ्गको सहर्स स्पर्श र चुम्बन हराएको छ
आफ्नै मित्र दुस्मन भएका छन
आफ्नै बदन सङ्गको मिलन हराएको छ यार
कोरोना भाइरस आएर
केवल यो सन्सार मात्र हैन
स्वयम आफ्नै परिवारलाई टाडा गराएको छ
सन्सारको अर्थतन्त्र बीभत्स तहसनहस खरानी बनाएर
अनि यो विश्व भबिस्यलाइ
कोमा र आफ्नै आइसुलेसनको निगरानिमा राखेको छ ।
भो चाहिदैन मलाइ नमस्कारको कुनै सस्कार
लगातार बर्सौ बर्स भो मेरो देस अझै
करप्सन र भ्रस्टचारी भाइरसको बन्धनमा बेरिएको छ ।
बजारमा मजदुरको रगत मिसिएको नगदमा,
जिवाणु मिसिएर त्यसलाइ दुषित तुल्याउछ
भनेर भ्रमित बनाउने यो सन्सार,
पसिना मिसिएका हातहरुले हजारको नगद नछुहिकन
बिच अन्धकारमा
कुहिन लागेका चिज
र पसिनाभन्दा पनि बढि दुर्गन्धित
बिचारहरुको कारोवार गरिरहेछ!सरकार ।
नेपालमा
अङ्गकमालमा बन्देज
माल_सामानमा सर्टेज
अस्पतालमा माक्स र ओखति सर्टेज
भेटघाटमा पर्हेज
यार र यो सारा मानब सम्बन्धहरुको गेटमा विशाल पर्खाल लगाएर निधेस
यो सालभर र,यो देस अनि यो सारा सन्सार सर्टेज
आफ्नै गोजिको पकेट पनि सर्टेज ।
सरकार अनि अनिकालमा आफ्नै पेट !
कस्तो क्रुर कठोर रहेछ त्यो कोरोना !
यस्तो लाग्छ!!
जस्तो कि कुनै फिल्ममा
कालाकार र पात्रहरुलाइ भिलेनले बन्दी बनाएर
जिवनमरणको दोधारमा
आफ्नु आड्डाको अन्धकारमा अपहरण गर्छ
अनि उस्को आफ्नै जहानलाइ पनि भेट्न दिदैन
र उस्को आफ्नै मनलाइ पनि छुन दिदैन ।
हो ठिक त्यसैगरी
कुनै फुकुवा जनावारलाइ घाँटीमा मला लगाएर
कुनै निस्ठुर मनुवाले गोठमा बाध्न लगे झै गरि
हो जरुर आज त्यो क्रुर कोरोनाले हामिहरुलाइ
पृथ्बिमै बन्दी बनाएको छ
र एउटा सानू क्वारेनटाइन कछ्यमा थुनेको छ ।
हामीहरुलाइ आजाद दिनुहोस भगवान
हामि उन्मुक्त आसमानआकासमा उड्न चाहन्छौ
हामिलाइ बचाउनुहोस भगवान
नत्रभने,त्यो शैतानले हाम्रो एकचिहान बनाउनेछ।
इन्सानहरु भवनमा सदनमा
मास्क लगाएर बसिरहेको
अनि सडकमा हिडिरहेको अबस्थामा
म ऐले बाटोमा
मान्छेहरु भन्दा पनि धेरै मास्क हिडिरहेको
जस्तो देखिरहेछु ।
कस्तो बिचित्र चलचित्र हो यो भगवान
जुन दर्शक भएर म ऐले हेरिरहेछु देखिरहेछु
जहाँ,
मान्छेलाइ आफ्नै माया र आमाबाट टाडा गरिएको छ
कत्रो खतरनाक र खुङ्गखार खलनायक हो त्यो?
जस्ले कलकारहरुलाइ
चलचित्रभित्र सुरुदेखि अन्तिमसम्म बन्दी बनाएर राखेको छ ?
यो सिङ्गो सन्सारलाइ
केवल एक खलनायकले ।
प्रत्येक दिन म देखिरहेछु चुपचाप हेरिरहेछु
अनि उस्को सन्त्रासले बन्दी भएर घरमै बसिरहेछु
र कबिता लेखिरहेछु
त्यो गुन्डाको डरले र थरथर कापिरहेछु ।
निसब्द!आवाजहिन र मलिन
मुखभरि माक्स लगाएर म बोलिरहेछु
र आफ्ना दुबै आखाहरु बन्द गरेर
हरेक दिन यो दुनिया म देखिरहेछु
जब देखि मैले मद्रासी जस्तो त्यो भयानक फिल्म देखे
तब बाट,
त्यो खलनायकको बिरोधमा मैले कति कबिताहरु लेखे
तर,अफसोच चलचित्र अति लामो रहेछ
यसैले चलचित्र अझै चलिरहेछ!!
जबदेखी कोरोना भाइरस आयो
मेरो कबित्व मात्र हैन कि
यो सिङ्गो मानव अस्तित्व
विश्व_बिग्यान र भगवानसङ्ग
हरपल यो कामना गरिरहेछ कि
अब यो कहानी अन्त्य गर्नको लागी,
जरुर किसान मज्दुरको मुक्तीको लागि
चि ग्वेभारा जस्तो एउटा बहादुर योद्दा जन्मियोस
एउटा माओत्सेतुङ्ग जन्मिओस
जस्ले क्युवा र चिनलाइ मात्र हैन कि
यो पृथ्बिको सारा जमिनलाइ मुक्त गरोस
अन्तिममा अनि जोखिममा रहेको
यो देस र यो सिङ्गो दुनियालाइ बचाओस
हो ।
यो चलचित्रको प्रधान नायक
हो
यो चलचित्रको नेतृत्व गर्ने
सर्वहारा एक महान नायक
जस्लाइ ऐले केवल कम्युनिस्टले मात्र नभइ
हरेक पल यो सिङ्गो सन्सारले खोजिरहेछ ।
पत्रकारले समाचारमा खोजिरहेछ
कलाकारले कलाकारितामा खोजिरहेछ
साहित्यकारले कबितामा खोजिरहेछ
बिस्वास लाग्दैन सायद,
उ आएको दिन
रीलमा दुन्याको उद्दार हुनेछ हरसमय
र जन्ताहरुबाट जिन्दगिभर
उस्कै मात्र सर्वत्र जयजयकार हुनेछ ।
कोहि त आउ अब यो कहानी अन्त्य गर्नको लागि
आमा!अब तेस्तो बहादुर सन्तानलाइ जन्माउ
जस्ले बिनास भैरहेको
यो विश्व ईतिहास र बर्तमानलाइ बचाओस
त्यस्का लागि चाहे,
तिमी सहिद नै किन बन्नु नपरोस?
तर,उ जन्मिएको दिन,यो देसमा मात्र हैन
यो सिङ्गो दुन्यामा स्वधिनता छाउनेछ
साम्यबाद आउनेछ।
स्वयम कथाले मागिरहेछ उस्को पहिचान
जस्लाइ ऐले यो विश्व  बर्तमान खोजिरहेछ
यो चलचित्रको एक मात्र महान नायक
करोडौ दाम दिदा पनि
गुन्डाको गुलाम बन्ने डरले त्रसित भएर
फिल्म खेल्न नमान्ने नायक
जस्लाइ ऐले मध्यान्तरसम्म निरन्तर निर्देशकले
अनि जुन नायकलाई ऐले सिङ्गो दर्शकले पर्दामा खोजिरहेछन
हरेकपल केबल चलचित्र भर खोजिरहेछन।
हो अनेकले खोजिरहेछन एक नबनायकको नाम
जरुर त्यो मलाइ राम्ररि थहा छ किनकी
उ क्रुर कोरोना भाइरसको दबाइ हो।
सुजन बुढाथोकी, मोरङ

सम्बन्धित खवर