नगरपालिकाको बजेटबाट सम्पन्न योजनाहरूको अनुगम

नगरपालिकाको बजेटबाट सम्पन्न योजनाहरूको अनुगम

मंगलसेन नगरपालिकाले नगरपालिकाको बजेट बाट सम्पन्न भएका योजनाहरूको अनुगमन कार्यलाई चैत मसान्त भित्र अनुगमन गरिसक्ने बताएको छ । असार मसान्तमा मात्रै विकासका निर्माणका योजनाहरूको अनुगमन गर्ने परिपाटी बदल्नु पर्ने र विकासका योजनाहरू गुणस्तरीय र प्रभावकारी बनाउने उदेश्यले यो निति अगाडि सारिएको नगरपालिकाका उप प्रमुख तथा अनुगमन समितिका संयोजक सरिता उपाध्यायले बताउनुभयो ।

अहिलेसम्म नगरपालिका मार्फत सम्पन्न भएका ६० प्रतिशत भन्दाबढि योजनाहरूको अनुगमन गरिसकिएको उहाले बताउनुभयो । योजनाको अनुगमनको क्रममा बिहिवारमंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलिमा कोकिला आबि गैरीशिह खानेपानी योजना, अन्नपूर्णा माबी कालागाउको घेरा प्रखाल,

सार्वजनिक खौला प्रतिक्षालय निर्माण योजना कालागाउँ, कालिका अधारभुत बिध्यालय बान्नातोलिमा नगरपालिकाको अनुदान बाट खरिद गएइएका फर्निचर, ठाटिखाद( पालिकाटिया सडक खण्ड मर्मत योजना, ठाटिखाद खानेपानीर सोनाउ खानेपानी योजना, ढोड मुहान सिचाइ कुलो मंगलसेन ११ खिमाडा र कैलाशेश्वर आधारभुत विद्यालयको घेरा प्रखाल लगायतका योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा सडकको स्तर उन्नति गरिएको ठाउँ, खानेपानी योजना, बिध्यालय घेरा प्रखाल लगायतका योजनाको अनुगमन गरि उपभोक्ता समिति तथा स्थानीय सरोकारवालालाई अनुगमन टोलीले आवश्यक सुझाव समेत दिएको छ । अनुगमनका बोल्दै अनुगमन समिती सङ्योजक तथा उप प्रमुख सरिता उपाध्यायले अनुगमन संतोषजनक भएको बताउनुभएको छ ।

अनुगमन गरिएका सबै योजना प्राबिधिक स्टमेट अनुशार संतोषजनक भएको भन्दै आगामी दिनमा योजना पारदर्सी बनाउनको लागि उपभोक्ताहरुको महत्त्वपूर्ण भुमिका हुनेभएकाले जिम्मेवार बनेर लाग्नुपर्ने कुरमा जोड दिनुभयो । उहाले वडा तहमा सन्चालन हुने सबै योजनाहरु भनेको स्टमेटमा गरेपछी योजना दिगो र टिकाउ हुने भएकाले सबैले जागरुक भएर लाग्न आग्रह गर्नुभयो ।

उहाले योजनाहरुको काम संतोषजनक तरिकाले सम्पन्न नभएमा उपभोक्ताहरुले कारबाहीको भागिदार हुनुपर्ने कुरामा जोड दिनुभयो ।अनुगमन समितिका संयोजक उपाध्यायको नेतृत्वमा गएको अनुगमन टोलिमा वडा अध्यक्ष तेज बहादुर भण्डारि, वडा नम्बर १२ बान्नातोलिका वडा अध्यक्ष प्रेम बहादुर रावल, नगरपालिकाका योजना शाखा प्रमुख खकेन्द्र सोडारी, नगरपालिकाका प्राबिधिक, रेडियो रामारोशनका शंकर थापा, लगायातको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर