हिउँले लपक्कै ढाक्दा खप्तड क्षेत्र यस्तो सुन्दरतामा (फोटो फिचर)

हिउँले लपक्कै ढाक्दा  खप्तड क्षेत्र यस्तो सुन्दरतामा  (फोटो फिचर)

डोटी, फागुन, १०
सुदूरपश्चिमका अधिकांश पहाडी तथा हिमाली जिल्लाहरुमा भारि हिमपात शुरु भए सँगै चिसो बढेर यँहाकाे जनजिवन प्रवाभित भएको छ ।

बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा बिहानदेखि भारि हिमपात शुरु भएको छ ।सुदूरपश्चिमका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जानकारी दिएको छ । गत्त माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा बिहानदेखि भारि हिमपात शुरु भएको बताइएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ ।

 

 

सम्बन्धित खवर