बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

राजेन्द्र महतो लहान माघ २७ 

सिरहा-चोहर्वा सडकखण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका-५ पानबारीमा बसले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ। सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना. ४ ख ९२४१ नम्बरको बसले सिरहातर्फ आउँदै गरेको लु. १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार सिरहा नगरपालिका–३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डल को मृत्यु भएको प्रहरी ले बताएका छन। उनीहरू दुवैजना जन्ती गएर घर फर्किदै गर्दा दुर्घटना भएको हो ।

सम्बन्धित खवर