रतुवामाई वैदेशिक रोजगार समन्वय समितिको पहलमा विधार्थी प्रतिभा निखार्दै

रतुवामाई वैदेशिक रोजगार समन्वय समितिको पहलमा विधार्थी प्रतिभा निखार्दै

रतुवामाईमा युवा उधम र स्वरोजगारको लक्ष्य लिएर स्थापित सं ंस्थाले नगरमा विधार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ।प्रस्फुटन फ्यामली फर इभेन्ट मेनेजमेन्ट निर्देशक शुधिर लोहोनी र वल्ड क्रिएटिभ राइटिगंका नेपाल प्रमुख प्रदिप विक्रम राणाको प्रतक्ष सहभागितामा ४ स्थानमा केन्द्र बनाई सञ्चालन गरिएको थियो।विधार्थीको अन्तरनिहित क्षमता प्रफुस्टन गराउन कार्यक्रमले सकारात्म प्रेरणा दिने विस्वास लिन सकिन्छ।

रतुवामाई १० स्थित महेन्द्र माविमा माघ २१ गते जनता मावि ठकठकियाका र महेन्द्र माविका विधार्थी गरि ७२ सहभागी विधार्थी भाग लिएका थिए।२२ गते माघ रतुवामाई ८ सरस्वती माविमा उक्त मावि,दुर्गा मावि डाम्राभिट्टा र सुनवर्सी मावि सुनवर्सीका ८१ विधार्थीले भाग लिए।२३ गते माघ सौठा माविमा उक्त मावी,सिजुवा मावी,सिद्धकाली मावी र सरस्वती मावि कादुपाडाका १०७ विधार्थीले भाग लिएका थिए।२४ गते सरस्वती मावि कल्याणपुरमा उक्त मावि र श्री मावि महादेवाका ६३ विधार्थीले भाग लिएका थिए। श्री मावि केन्द्र झुर्कीया र श्री लेटी मावि गोविन्दपुरका विधार्थीको कार्यक्रममा सहभागिता रहेको थिएन। ३२३ को संख्यामा सहभागिहरुले कविता,निबन्ध,दैनिकी,आख्यानको माध्यमबाट आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए।ती मध्ये केहीले आफ्नो रचना साथीहरुमाझ सुनाउदै वाककलाको विकास समेत गरेका थिए।उक्त रचनाहरुबाट छनोट गरि उत्कृष्ट छनोट गरि राष्ट्रिय छनोट प्रतियोगितामा सहभागी गराइने छ।

नेपालभर छनोट र प्रतिभाको प्रतिष्पर्धा पछि ४ प्रतियोगी अन्तराष्ट्रिय मञ्चमा सहभागी हुनेछन।नगरव्यापी यसरी छनोट र प्रतिष्पर्धाले विधार्थीको मनोवल र व्यक्तित्व विकासमा उल्लेख्य प्रगति हुनेमा लामो समय प्रअ रहि शिक्षामा योगदान दिनुहुने सौठामाविका शिक्षक भरत कार्की विस्वस्त हुनुहुन्छ।नगरका युवा आफै उधम गर्न कसिरहेको अवस्थामा यसरी विधार्थी संगै जोडिदा सकारात्मक सन्देश गएको महेन्द्र माविका नेपाली शिक्षक भवानी ढकालले वताउनु भयो।सहभागी विधार्थीहरुले आख्यानको माध्यमवाट वैदेशिक रोजगारको विसयमा लेखिरहँदा समितिका पदाधिकारीहरुमा उत्साह थपिएको थियो ।

सम्बन्धित खवर