हात्तिपाइले मुक्त नगर बनाउन मेयर राईको आग्रह

हात्तिपाइले मुक्त नगर बनाउन मेयर राईको आग्रह

प्रवेश बिष्ट, रतुवामाई ।

हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम दैशैभर शुरु भएको छ । यतिबेला स्थानिय सरकारले यस कार्यक्रमलाई प्राथमिकता दिएको छ । यता मोरङको रतुवामाई नगरपालिकामा पनि नगरप्रमुख रविन राईले हात्तिपाइले औषधी सेवन गरी राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम २०७६ को सुरुवात गर्नुभएको छ । राईले स्वास्थ्य चौकी सिजुवामा गएर औषधी सेवन गर्नुभएको हो ।

औषधी सेवन पछि नगर प्रमुख राईले राष्ट्रिय स्तरकै कार्यक्रम भएकाले नडराइकन औषधी सेवन गर्न नगरबमसी समक्ष आग्रह पनि गर्नुभयो । रतुवामाईमा हात्तिपाइलेका बिरामी त भेटिएका छैनन् तर पनि यसलाई यथावत कायम राख्न कोही पनि नगरबासी नछुटी आषधी सेवन गर्न प्रमुख राईले आग्रह समेत गर्नुभएको छ ।

स्वास्थ्य स्वयमसेविकाहरु मार्फत अहिले रतुवामाई नगरपालिकाका १० वटै वडामा हात्तिपाइलेको औषधी खुवाउने कार्यक्रम शुरु भएको छ ।

 

 

सम्बन्धित खवर