राजविराज साकोसको प्रारम्भिक साधारण सभा सम्पन्न

राजविराज साकोसको प्रारम्भिक साधारण सभा सम्पन्न

अर्चना परियार, राजविराज

राजविराज सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को बजेट तथा कार्यक्रम पारित गर्नुका साथै सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति समेत गठन गरेको छ ।

राजविराज ७ हटियास्थित राजविराज सहकारीको नयाँ सञ्चालक समितिमा अध्यक्ष राम कुमार देव, उपाध्यक्ष माधव प्रसाद साह, सचिव जय प्रकाश मण्डल र कोषाध्यक्ष खेलानन्द कुमार दास रहनुभएको छ । समितिका सञ्चालक सदस्यहरुमा रेखा साह, उषादेवी साह, अर्चना कर्ण, मंसुर रजा र राजकुमार साह रहनुभएको छ । यसैगरी लेखा सुपरीवेक्षण समितिमा संयोजक विशेश्वर प्रसाद साह, सदस्य शैलेश कुमार देव र मनोज कुमार साह रहनुभएको छ ।

सभामा प्रमुख अतिथि सहकारीकर्मी सन्तोष कुमार चौधरीले सहकारीको उपादेयता र सहकारी सञ्चालन विधिबारे चर्चा गर्दै संस्थाको सफलताको कामना व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर