लर्डबुद्धको वक्तृत्वकला प्रतियोगितामा न्यु पेगोडा प्रथम

लर्डबुद्धको वक्तृत्वकला प्रतियोगितामा न्यु पेगोडा प्रथम

केशव निरौला, पथरी

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे २ मा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा स्थानीय न्यु पेगोडा अङ्ग्रेजी आवासीय मावि प्रथम बनेको छ ।

‘राष्ट्रको आर्थिक समृद्धिमा सहकारीको भूमिका’ शीर्षकमा बुधबार ९आज० भएको उक्त नगरस्तरीय प्रतियोगितामा न्यु पेगोडाबाट सहभागी छात्र युगलकिशोर अधिकारी प्रथम बनेका हुन् । यस्तै स्थानीय वाल्मीकि मेमोरियल अङ्ग्रेजी आवासीय माविबाट सहभागी विद्यार्थी मिथुन श्रेष्ठ द्वितीय र बालजागरण विद्या मन्दिर स्कुलका सृजन घिमिरे तृतीय बनेको कार्यक्रम संयोजक एवम् सञ्चालक सुमन राईले जानकारी दिनुभयो । प्रतियोगितामा रेडस्टार अङ्ग्रेजी आवासीय माविबाट सहभागी त्रियुगा लिम्बू सान्त्वना बनेको उक्त कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष धनराज राईले गर्नुभएको थियो ।

नगरभित्रका ६ ओटा सामुदायिकसहित कुल १५ ओटा विद्यालयका प्रतिनिधि विद्यार्थी सहभागी भएको कार्यक्रमको निर्णायकमा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक एवम् प्राध्यापक ढकबहादुर ९डि।बी।० थापा रहनुभएको थियो । कार्यक्रममा उत्कृष्ट बाल प्रतिभाका रूपमा जनकल्याण आधारभूत विद्यालयका अभिषेक अधिकारी घोषित भए ।

सो अवसरमा संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार अतिथि हर्कराज राईले समेत आफ्नो धारणा राख्नुभयो । लर्डबुद्धले गत वर्ष आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पनि न्यु पेगोडाका युगलकिशोर अधिकारी नै प्रथम बनेका थिए ।

सम्बन्धित खवर