मोरङमा दोहोरियो निर्मला काण्ड जस्तै अर्काे घटना

मोरङमा दोहोरियो निर्मला काण्ड जस्तै अर्काे घटना

विराटनगर । मोरङको विराटनगरमा घाँटी काटिएको अवस्थामा एक युवतिको शव फेला परेको छ । अन्दाजी २५ वर्षीया युवतीको सब उखु बारीमा घाँटी काटिएको र सलले बेरेको अवस्थामा फेला परेको हो ।

विराटनगर-१२ बखरीमा प्रहरीले शव फेला परेपनि शवको पहिचान भने हुन सकेको छैन् । मोरङका एसपी विश्व अधिकारीका अनुसार शव फेला परे पनि पहिचान हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको सनले जनाए ।

यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या गरेर उखु बारीमा फालिएको थियो ।

सम्बन्धित खवर