कटारीमा नँया सिमसार क्षेत्र बनाइदै

कटारीमा नँया सिमसार क्षेत्र बनाइदै

उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा सामुदायिक वन उपभोक्ता समूहको पहलमा सिमसार क्षेत्र निर्माण गरिएको छ । समूहले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक र बाह्य पर्यटन भित्राउन सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भएको छ ।

आइतबार विश्व सिमसार दिवसको अवसर पारेर एक कार्यक्रम गर्दै समूहले सिमसार क्षेत्रको विकासका लागि सिमसार क्षेत्रमा बोट सञ्चालन गर्ने तथा विभिन्न संरचना निर्माण गरी पर्यटकीय क्षेत्र निर्माण गर्ने समूहले जनाएको छ । समूहका सचिव दिलबहादुर अधिकारीका अनुसार डिभिजन बन कार्यालय त्रिवेणीबाट पर्यावरणको तर्फmको ६० हजार र वृक्षारोपण बापत उपभोक्ताहरूले वृक्षारोपण गरेबराबरको १ लाख बाट सिमसार क्षेत्र निर्माण गरिएको हो ।

सिमसार दिवसको अवसरमा सम्पन्न कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालय त्रिवेणी कटारीका प्रमुख बन अधिकृत उपेन्द्र पटेलले सिमसार क्षेत्रका लागि १० वर्षे योजना बनाउँदै व्यवस्थित बनाउने बताए  । समूहका अध्यक्ष विष्णुबहादुर खड्काले सबैको सहयोग लिएर व्यवस्थित बनाउने बताए । स्थानीय खेमराज कटुवालले ओझेलमा परेको गाईबस्तु चरण अव्यवस्थित स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउन लागि परेको बताए । स्थानीय तथा प्रदेश सरकारले यसलाई विशेष महत्त्वमा राखेर अघि बढे यसको विकासमा सहयोग पुग्ने स्थानीयले बताए ।

वन वातावरण र जैविक विविधताको संरक्षण गरौँ ,सिमसार तथा पर्यापर्यटन क्षेत्रको विकास गर्दै सामुदायिक बनलाई सबल र समृद्ध बनाऔँ भन्ने नाराका साथमा विश्व सिमसार दिवस मनाइएको हो । स्थानीयको पहलमा गाई चरण क्षेत्रलाई व्यवस्थित गर्दै सिमसार क्षेत्र निर्माण गरिएको उपभोक्ताहरूले बताएका छन् ।

सम्बन्धित खवर