५५ केजी गाँजासहित छ जना पक्राउ

५५ केजी गाँजासहित छ जना पक्राउ

सिन्धुली,२० माघ – सिन्धुली जिल्लामा प्रहरीले ५५ केजी गाँजासहित छ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति र बरामद गरेको गाँजा सार्बजनिक गरी सो जानकारी गराएको हो । सिन्धुलीको हरिहरपुरगढी–७ केमनचुलीस्थित कच्चि सडकबाट माघ १८ गते साँझ तीन वटा मोटर साईकलमा उक्त गाँजा सर्लाही जिल्लातर्फ लैजादै गर्दा ती व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रबक्ता श्यामबहादुर खत्रीका अनुसार पक्राउ पर्नेहरुमा हरिहरपुरगढी गाँउपालिका–७ निवासी १८ बर्षिय सन्तोष स्याङतान, १८ बर्षिय आकास बल, २४ बर्षिय अंकित मुक्तान, २४ बर्षिय सरोज स्याङतान, मरिण गाँउपालिका–२ निवासी ३५ बर्षिय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला बागमती नगरपालिका–निवासी २४ बर्षिय श्रबणकुमार वाईवा रहेका छन् ।

पक्राउ परेका व्यक्तिले प्रयोग गरेको ना. ५८ प. ८५१, ना. ४६ प. २३१० र ना.७ प. २४१६ नम्बरको मोटरसाईकल, छ थान मोवाईल एवं केही नगद पनि बरामद गरेको उहाँले बताउनुभयो ।

“पाँच केजीको ११ वटा पोका बनाई तराईतिर सप्लाई गर्दै गरेको अवस्थामा ती व्यक्तिलाई भरपर्दो सुराकीको आधारमा पक्राउ गरिएको हो,” उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयबाट मेरै कमाण्डमा र क्यानेश्वर प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी सदरमुकाम ल्याईएको हो । अदालतबाट आईतबार सात दिनको म्याद लिएर अहिले ती व्यक्तिलाई थुनामा राखेर अनुसन्धान भई रहेको छ ।”

बरामद गरेको एक पोका गाँजाको बजार मूल्य अहिले ५० हजार रुपैया रहेको उहाँले जानकारी गराउनुभयो ।

मरिण गाँउपालिका–३ बरुणमा प्रहरीले यही माघ १५ र १६ गते दुई दिनमा झण्डै ६० लाख मूल्य बराबरको गाँ जा फ डानी गरी नष्ट गरेको उहाँको भनाई थियो । “सिन्धुली जिल्लामा गाँजा खेती गर्ने गिरोह नै छ,” नायव उपरिक्षक खत्रीले भन्नुभयो, “मरिण क्षेत्रमा ऐलानी जग्गामा ठूलो परिमाणमा गाँजा खेती भएको छ ।”

प क्राउ परेका व्यक्तिहरुको अभियोग प्रमाणीत भएमा ला गूऔषध ऐन अन्तर्गत परिमाण अनुसार १५ हजार रुपैयादेखि अधिकतम् एक लाख रुपैयासम्म ज रिवाना र दुई वर्षदेखि बढीमा १५ बर्षसम्म कै द वा दुवै सँ जाय हुने उहाँको भनाई छ ।
यो बर्ष साउनदेखि यता मात्रै प्रहरीले ७५ पटक २७१ बिघा एक कठ्ठा १९ धुर र २२ रोपनीमा गरेको गाँजा खेती तथा बेर्ना फडानी र तयारी सुकाएको नौ क्विन्टल नष्ट गरेको गरेको उहाँले जानकारी दिनुभयो ।

यो बर्ष अहिलेसम्म ला गू औषधका आठ वटा मुद्धा चलाएको, २३ जनालाई प क्राउ गरिएको, तीन जना फ रार रहेको उहाँले सुनाउनुभयो । त्यस्तै लागू औषधहरु नाईट्रोभेट १० एमजीको एक हजार २२९ ट्याब्लेट, नाईट्रोभेट ५९९ वटा ट्याब्लेट, केल्याब चार बोतल, नुफिल ईन्जेक्सन दुई थान, डाईजी ल्याव ईन्जेक्सन एक थान, फेनेरागन ईन्जेक्सन दुई थान र ५५ केजी ७५० ग्राम तयारी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगल फडानी गरी ऐलानी जमिनमा बीचमा गाँजा खेती गरेको पाईएकोले अहिलेसम्म खेती गर्ने व्यक्ति नभेटिएको नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

सम्बन्धित खवर