‘च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्’ सद्भाबना दूतमा उदयपुरका युवा कार्की नियुक्त

‘च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्’ सद्भाबना दूतमा उदयपुरका युवा कार्की नियुक्त

काठमाडौं , ९ माघ  ।

उदयपुरका युवा चित्रकुमार कार्की च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्को सद्भाबना दूतमा नियुक्त भएका छन ।

उदयपुर त्रियुगा नगरपालिकाका कार्की सन् २०११ देखी उल्टो मोटरसाइकल चलाएर विश्व कीर्तिमान राखिसकेका छन ।

च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् ले यसै २०२०, जनवरी ३, तारेखमा कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको हो । सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्रा गरेर कार्कीले कीर्तिमान राखेका थिए ।

उनी २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कारबाट सम्मानित भईसकेका छन् । त्यस्तै रौता एकता समाज र नेपालटार एकता समाजले पनि उनलाई सम्मान गरेको छ ।

सम्बन्धित खवर