पूर्व मिस नेपाल श्रृंखला गाउँ गाउँमा महिनावारीबारे सचेतना फैलाउँदै

पूर्व मिस नेपाल श्रृंखला गाउँ गाउँमा महिनावारीबारे सचेतना फैलाउँदै

पूर्व मिस नेपाल श्रृंखला खतिवडा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुग्नुभएको छ । महिना वारी स्वच्छता सम्बन्धी सचेतना फैलाउन उहाँ छाउपडी प्रथा रहेको सान्नेमा जानु भएको हो । उहाँले त्यहाँ स्थानीय महिलाहरुलाई भेला पारेर महिनावारी हुँदा घरबाहिर बस्नुहुँदैन भने सम्झाउनु भयो । उहाँले ‘महिनावारी बार्नु हुँदैन’ भनेर सम्झाइ रहँदा स्थानीय रामबहादुर बुढा सोचमग्न हुनुहुन्थ्यो ।

आफ्ना श्रीमती, छोरी, दिदीबहिनीहरूलाई अहिलेसम्म छाउगोठमा बसालेकामा उहाँले पछुतो मान्नुभयो। ‘सबैले पहिलादेखि नै मान्दै आएकाले हामीले पनि पछ्यायौं, देउता रिसाउँछन् भन्ने डर मनमा रहेकाले घरका महिलालाई घामको झुल्कै नपर्ने घरमा बसाल्यौं ।’ उहाँले भन्नुभयो । उहाँले अब महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउघर भत्काउने प्रण गर्नुभएको छ ।

‘सहरकी बहिनी हाम्रो गाउँमा आएर यसरी सम्झाउनु भयो, अब छाउगोठ भत्काउँछु र घरका कसैलाई पनि त्यस्तो ठाउँमा बसाल्दिनँ ।’ उहाँले पूर्व मिस नेपाल सँग बाचा गर्नुभयो । पूर्व मिस नेपाल श्रृंखलाले महिना वारी भएको समयमा सर सफाइ र खान पानमा ध्यान दिनुपर्ने बताउनुभयो । खतिवडाले यो कुरा भनिरहँदा स्थानीय विमला बुढा आफू घरभन्दा टाढाको सानो कटेरामा बसेको र कटेरामा आफूलाई निकै असहज हुने बताउँदै हुनुहुन्थ्यो ।

‘बहिनीको कुराले मलाई सोच्न बाध्य बनायो, संस्कारका नाममा आफ्नो ज्यान नै जोखिममा पारेका रहेछौं, अबदेखि छाउगोठ भत्काएर महिनावारी भएका बेला घरमै बस्छौं’ उहाँले पनि घरमै बस्ने वाचा गर्नु भयो । गाउँ पैसराकी शर्मिला देउवा खतिवडासँग गाउँका केही केटीहरूले पहिल्यैदेखि भने आफूहरूले समाज भाँड्ने कुरा जस्तो लागेर नभत्काएको सुनाउनुभयो । ‘अहिले हामी महिलाका लागि भनेका रहेछन् भन्ने बुझ्दै छु ।

अब कहिल्यै छाउगोठमा निसास्सिएर बस्दिन’ उहाँले अठोट गर्नुभयो। पूर्व मिस नेपाल खतिवडाले गाउँका महिलाले छाउगोठ भत्काएर घरमा बस्ने कुरालाई सकारात्मक रूपमा लिएको बताउनु भयो। ‘यहाँका किशोरी र महिलाले छाउगोठ भत्काउने अभियानमा साथ दिन्छौं भन्नुभएको छ ।’ गाउँका धामीले समेत आफ्नै घरबाट छाउगोठ भत्काउने अभियान सुरु गर्ने बताउनु भएको छ ।

यो अभियान सफल पार्न सबैको यस्तै साथको खाँचो छ।’ उहाँले भन्नुभयो। खतिवडा अहिले छाउपडी प्र’था वि’रुद्धको अभियानमा क्रियाशील हुनुहुन्छ। छाउपडी व्याप्त गाउँमै पुगेर स्थानीय सरकार, महिला, किशोरी र प्रहरी लगायतसँग छलफल गर्ने गर्नुभएको छ ।

सम्बन्धित खवर