मिस रतुवामाई २०१९ को उपाधि निश्मा श्रेष्ठलाई

मिस रतुवामाई २०१९ को उपाधि निश्मा श्रेष्ठलाई

प्रवेश बिष्ट, रतुवामाई

मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका आफ्ना १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले मिस रतुवामाई २०१९ को उपाधि हात पारे सँगै उनले मिस रतुवामाईको पहिलो ताज पहिरिएकी हुन् । उनलाई मिस उर्लाबारी २०१८ कि विजेता रूसानी केसीले ताज पहि¥याइन् । निश्मालाई कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गरे ।

उपाधिसँगै श्रेष्ठले नगद रु ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन्। त्यस्तै फस्ट रनर अप रेश्मा श्रेष्ठ भइन्। उनले नगद रू ३० हजार प्राप्त गरेकी छिन्। त्यस्तै प्रतियोगितामा सेकेण्ड रनर अप भएकी रेसु कालिकोटेले रू २० हजार प्राप्त गरिन्।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो। मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाल्क दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा, मिस प्रसनालिटी निश्मा श्रेष्ठले जितेका थिए । विभिन्न स्थानवाट आएका जर्जहरूको निष्पक्ष मुल्याङ्कनबाट विजेता घोषणा गरिएको थियो। नविन लुइटेल, डा. सन्दिप अधिकारी, नविन श्रेष्ठ, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको फाइनलको निर्णयक मण्डलीमा थिए ।

सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ्ग स्कुलमा रतुवामाई नगरपालिकाका मेयर उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू र सयौं दर्शकहरूका माझ सोमबार सम्पन्न भएको हो ।

सम्बन्धित खवर