के हो काठमाडौंको आकाशमा देखिएको यस्तो डरलाग्दो दृश्य ?, सर्वसाधारण चकित

के हो काठमाडौंको आकाशमा देखिएको यस्तो डरलाग्दो दृश्य ?, सर्वसाधारण चकित

नेपाली आकाशमा समयसमयमा अनौठो दृश्य देख्न पाइन्छ । हिजो बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका छन् । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन ।

हवाई क्षेत्रका जानकारहरुले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरुले त्यसका बारेमा आफूहरु अनभिज्ञ रहेको बताएका छन् । शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौँको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले बताए ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित खवर