शौचालयमा पानीको गोदाम

शौचालयमा पानीको गोदाम

काठमाण्डौँ, काठमाण्डौँको एउटा पानी डिलरले शौचालयलाई पानी भण्डारण केन्द्र बनाएको पाइएको छ । शौचालयमा पानी भण्डार गरेकाले सो डिलरले आम उपभोक्ताको स्वास्थ्यमा ठुलो खेलवाड गरेको पाइएको हो ।

मुलुकभरका खानेपानी तथा सरसफाइ प्रणालीहरुको योजना तर्जुमा, निर्माण, संचालन तथा मर्मत सम्भार लगायतको जिम्मेवारी बोकेको खानेपानी तथा सरसफाई मन्त्रालय सो क्षेत्रभन्दा एक किलोमिटर टाडा छ । सिंहदरबारबाट एक किलोमिटरको दुरीमा रहेको पुतलीसडकको एउटा जारको पानी पाइने पसलले शौचालयलाई पानी गोदाम बनाएर राखेको हो ।

मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग क्षेत्रगत नेतृत्वदायि कार्यान्वयन निकाय हो भने मन्त्रालय क्षेत्रगत नेतृत्वदायि कार्यकारी निकाय हो । मन्त्रालय अन्तर्गत विभागका अलावा सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइ प्रणालीहरुको निर्माण एवम सेवा प्रवाहका लागि बोर्डहरु, खानेपानी संस्थान, समितिहरु, आयोजना निर्देशनालय र महशुल निर्धारण तथा नियमनका लागि एक आयोग रहेको कुरा मन्त्रालयको आधिकारिक पोर्टलमा उल्लेख गरिएको छ।

तर बत्तिमुनीको अध्यारो भने झैँ नियमन र अनुगमन नहुदा शौचालयमा पानीको गोदाम बनाएर निर्बाध ब्यापार भईरहेको छ। पुतलीसडकमा रहेको पैरवी प्रकाशन नजिकको शौचालयमा पानीको जार भण्डारण गरिएको अबस्थामा पाईएको हो।

सम्बन्धित खवर